धनगढी । पर्यावरणीय संरक्षण र सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले कैलाली बहुमुखी क्याम्पसमा गठित नेचर एण्ड इन्भाइरोमेन्ट क्लबले क्याम्पस परिसरमा सरसफाई कार्यक्रम गरेको छ । शुक्रबार क्लबले क्याम्पस गेटदेखि खानेपानी धारा, र बिभिन्न ब्लक परिसर क्षेत्रमा सरसफाई गरेको हो।
नेचर एण्ड इन्भाइरोमेन्ट क्लबका संयोजक तेजजंग मल्लका अनुसार क्याम्पसमा पूर्ण सरसफाई र कुहिने तथा नकुहिने फोहरमैलाको उचित व्यवस्थापनका लागि डस्टवीनबो व्यवस्था गरिएको छ । वातावरण स्वच्छ राख्न विद्यार्थीहरुमार्फत सचेतनामूलक अभियानको थालनी गर्ने गर्ने उद्धेश्यले विद्यार्थीहरुलाई संगठीत गरि सरसफाईमूलक कार्यक्रम गरिएको उहाँले वताउनुभयो । कार्यक्रममा आयोजक, बिद्यार्थी, प्रध्यापकहरु लगायत क्याम्पस प्रमुख प्रा.तोयराज भट्ट र स्ववियु सभापती यमराज जोशीको समेत सहभागीता रहेको थियो।