प्रलेस कैलालीको २१ औं स्थापना दिवसमा रचना वाचन र गजल सङ्ग्रह सन्दुसको परिचर्चा

धनगढी – प्रगतिशील लेखक संघ, कैलालीको २१ औं स्थापना दिवस आज मनाइएको छ । शनिबार गजल सङ्ग्रह सन्दुसको परिचर्चा र विभिन्न साहित्यकारहरुको रचना वाचनसहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम धनगढी-२, बैयाबेहडीमा रहेको एलाइन्स स्कुलमा सम्पन्न भएको हो ।

प्रगतिशील लेखक संघ, कैलालीका जिल्ला उपाध्यक्ष सागर कुश्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ, कैलालीका केन्द्रिय सदस्य तिलक सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा काेपिला शर्मा, बाबुराम आचार्य, यज्ञराज भट्ट, डिल्लीराज जाेशी र एलाइन्स स्कुलका विद्यार्थीहरुकाेसमेत उपस्थिति रहेको थियो

Leave A Reply

Your email address will not be published.