पलेँटीमा गजलकार शर्माको ‘सन्दुस’माथी परिचर्चा

धनगढी – साहित्यिक कार्यक्रम पलेँटीको तेस्रो शृङ्खला धनगढीको शैपाल शिक्षा सदनमा सम्पन्न भएको छ ।

शनिबार गजलकार कोपिला शर्मा ‘क्ल्प’को गजल सङ्ग्रह सन्दुसको परिचर्चा र विभिन्न साहित्यकारहरुको रचना वाचनसहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गजल सङ्ग्रहको परिचर्चा कवि/गजलकार समिर ओझा, श्रेष्ठ प्रिया पत्थर, तारा पल्लवी र तुलसी शर्माले गर्नुभएको हो ।

पलेँटी विगत लामो समयदेखि धनगढीमा रहदै आउनुभएका साहित्यकारहरुले रचना सुन्ने सुनाउने कार्यक्रमको रुपमा सञ्चालन गर्दै आइरहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.