इजरायलमा मृत्यु भएका विद्यार्थीको सम्झनामा केएमसीमा दीप प्रज्वलन

धनगढी – इजरायलमा मृत्यु भएका विद्यार्थीको सम्झनामा आज कैलाली बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरिएको छ ।

असोज २० गते प्यालेस्टाइनको आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जनाको विद्यार्थीको मृत्यु भएको हो ।

इजरायलमा ज्यान गुमाउने सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयका छन् ।

नेपाल सरकार र इजरायल सरकारको समन्वयमा सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत आठौं सेमेष्टरका ४९ जना विद्यार्थी एक महिना अगाडि “लर्न एण्ड अर्न” कार्यक्रममा इजरायल गएका थिए ।

आज मंगलबार अखिल(क्रान्तिकारी)को आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा उक्त दीप प्रज्वलन गरिएको हो ।

Leave A Reply

Your email address will not be published.