विपदको जोखिमबाट जोगिन धनगढीमा सचेतनामूलक घरदैलो अभियान सञ्चालन

धनगढी। धनगढी उप–महानगरपालिकाका वडा नं. १ र २ मा आपतकालिन वितद् जोखिम न्यूनिकरण सम्बन्धि सामुदायिक सचेतिकरण अभियान सञ्चालन गरिएको छ ।

शहरी विपद् तथा भूकम्पीय पुर्वतयारी परियोजना सुपर अन्तर्गत विपदको समयमा हुनसक्ने जोखिम न्युनिकरण तथा आपत्कालिन अवस्थाबाट बच्ने उपायहरुबारे घरदैलोमै गएर सिकाईरहेको परियोजना संयोजक विकास नेपालीले जानकारी दिनुभयो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा यएनडिपी, युनिसेफ, युएनवुमन र नेपााल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाको सहकार्यमा आपत्कालीन प्रतिकार्य समुह (ईआरटी) गठन गरि आधारभूत तालिम प्रदान गर्ने र उनिहरुमार्फत समुदायमा सचेतना अभिवृद्धि गर्न घरदैलो अभियान सञ्चालन गरिएको हो ।

त्यसका लागि वडा नं. १ र २ का प्रत्येक टोलमा गरी चार सय ओटा सामुदायिक आपत्कालीन प्रतिकार्य समुह गठन गरिएको उहाँले जानकारी दिनुभयो । उक्त समुहले समुदायमा घट्ने कुनैपनि घटनामा आपत्कालीन अवस्थाबाट बच्न पुर्वतयारी गर्नेबारे सचेतना फैलाउने, उद्धारमा अग्रसर हुने प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, आगलागी, भूकम्प, चट्याङ लगायतका विपद्को समयमा अपनाउनुपर्ने समवधानी र खानेपानी तथा सरसफाईबारे समुदायमा सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उहाँले वताउनुभयो ।

समुदायमा समुह गठन भए पश्चात समुदायमा हुने समस्या न्युनिकरण गर्न सहायता पुगेको र सिकेका कुराहरु व्यवहारमा उतार्ने अभ्यास भईरहेको वडा नं. २ स्थित जागृति टोलकी ईआरटी समुह संयोजक बिना महतोले वताउनुभयो । त्यस्तै प्रामृतिक र मानव निर्मत प्रकोपबाट बच्न तथा समयमै सावधानी अपनाउन उक्त परियोजनामार्फत धेरै कुराहरु सिक्न पाएको राम जानकी टोलका ईआरटी समुहका संयोजक लक्ष्मण नेपालीले वताउनुभयो ।

यस परियोजनाले वडाभित्र हुनसक्ने क्षेतिबारे तथ्याङ्क संकलनमा सहयोग पुग्नुका साथै विपदको समयमा उद्धार तथा राहतबारे प्राथमिकिकरण गर्न सहयोग पुग्ने वडा नं. १ का वडा सदस्य धर्मराज उपाध्यायको भनाई छ । यस्तै उहाँले स्थानिय सरकारको तर्फबाट आर्थिक र प्राविधिक सहयोग र ईआरटी समुहका सदस्यहरुको क्षमतत अभिवृद्धि गर्न बजेटको व्यवस्था गर्ने समेत उहाँले वताउनुभयो ।

यस्तै वडा नं. २ का वडा अध्यक्ष धर्मराज ओझाले प्राकृतिक विपद्बाट जोगिन तथा सावधानी अपनाउन उक्त परियोजना एकदमै उपयोगी र फलदायी रहेको वताउनुभयो । समुदायका हरेका सदस्यहरुले सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागु गर्नुपर्नेमा उहाँको जोड छ ।

Leave A Reply

Your email address will not be published.