धनगढी ।भनेको सुनेकाछौ सबै सँग कुनै न कुनै किसमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रतुतिको खाचो छ । अब तपाईलाई साथ दिन हामी तयार छौँ भन्ने आसयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । आज हामीले गजल लेखनमा कलम चलाईरहनु भएका बिद्यार्थी साहित्यकार हर्कराज जोशीसँग उहाँको साहित्यक यात्राबारे चर्चा गर्ने जमर्को गरेकाछौँ । उहाँ कैलाली बहुमुखी क्याम्पसमा बि.बि.एस.चौथो वर्षमा अध्ययनरत हुुनहुन्छ ।