धनगढीमा मानवसेवा आश्रमद्वारा आयोजित आमा सेमिनार सम्पन्न

धनगढी – धनगढीमा मानवसेवा आश्रमद्वारा आयोजित आमा सेमिनार सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिका-४ मा रहेको रिद्धी सिद्धी पार्टी प्यालेसमा आज शनिबार आमा सेमिनार सम्पन्न भएको हो ।

मानवता प्रवर्द्धन महाअभियान लाई जोड दिएर आमा सेमिनार को आयोजना गरिएको मानवसेवा आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालले बताउनुभयो ।

देशका विभिन्न स्थानमा गरिएको आमा सेमिनार शनिबार धनगढीमा पनि गरिएको उहाँले बताउनुभयो ।

उक्त सेमिनारमा मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी प्रमुख वक्ता रहनु भएको थियो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा  ७ सयभन्दा बढीको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.