केएमसीमा राष्ट्रिय प्राज्ञिक सम्मेलन सम्पन्न

धनगढी – कैलाली बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा अङ्ग्रेजी भाषा शिक्षामा हालको अनुसन्धान प्रवृत्ति सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार र आइतबार भएको उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र भारतको बाबा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालय गरी पाँचवटा विश्वविद्यालयका प्राज्ञिकहरूको जमघट भएको थियो। उक्त सम्मेलन आज सम्पन्न भएको छ।


उक्त सम्मेलनको उद्घाटन सत्र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक ठाकुरप्रसाद ढुङगेलको अध्यक्षतामा सुरु भएको सम्मेलनका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट तथा विशिष्ट अतिथि सुप विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी तथा शिक्षाशास्त्र संकायका डीन डा. भवानसिंह चलाउने रहनु भएको थियो। कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. शिवप्रसाद सापकोटाले स्वागत गर्नु भएको कार्यक्रममा पुस्तक विमोचन कार्यक्रम समेत सम्पन्न भएको थियो।


दुई दिनसम्म चलेको उक्त सम्मेलनमा वावा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालयका प्रा.डा. कल्याण पाण्डे, काठमाण्डौ विश्वविद्यालयका डा. टिकाराम पौडेल तथा त्रिभुवन विश्वविद्यालयका डा.बलराम अधिकारी किनोट स्पिकर रहनु भएको थियो भने सूदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक मोहनसिंह साँउद, काठमाण्डौ विश्वविद्यालयका डा. भरत प्रसाद न्यौपाने र सुरेन्द्र भट्ट प्लिनरी स्पिकरको रूपमा रहनु भएको थियो। त्यसैगरी कमल पौडेल, गीता काफ्ले, शान्ति भट्ट, घनश्याम आचार्य, रेनुका भट्टराई, ठाकुर प्रसाद ढुङ्गेल, मोहन साउद, सम्झना अर्याल, अशोकराज खाती, देवी भट्ट, सुमन श्रेष्ठ, रमेश बहादुर सिंह, कृष्णा महरा साउद, कल्पना पौडेल, रीत रिजाल, सिताराम भट्ट, राजेन्द्र प्रसाद पन्त, ब्रीन्दा शाही, अनिता ढकाल, कमल सापकोटा, ज्योती पाण्डेय, सुनिता सुरी, सन्जय तिमल्सिना, बुद्धिलक्ष्मी लाखे श्रेष्ठ, पुनराम घिमिरेले अनुसन्धानमूलक २६ वटा कार्यपत्रहरू प्रस्तुत गर्नु भएको थियो।


आइतबार कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टको अध्यक्षता समापन भएको उक्त सम्मेलन शनिबार उद्घाटन भएको थियो।
सम्मेलन सबैका लागि महत्त्वपूर्ण भएको स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत रोशमा भुलले बताउनुभयो । अङ्ग्रेजीमा प्रस्तुती गर्न आफूलाई सहज भएको उहाँले बताउनुभयो । त्यस्तै सम्मेलनमा सहभागी तिर्थराज जोशीले सम्मेलन अत्यन्तै राम्रो भएको र म स्वयम शिक्षक भएर पनि आफैमा सुधार्नुपर्ने र सरकारको मात्रै मुख ताकेर नहुने बताउनुभयो ।
सम्मेलन सोचेकोभन्दा राम्रो भएको र अगामी दिनमा पनि केएमसीसँग सहकार्य गरेर अगाडि बढ्ने काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक टिकाराम पौडेलले बताउनुभयो । अन्तमा उक्त सम्मेलनका संयोजक मोहनसिंह साउदले सबैलाई धन्यवात ज्ञापन गर्नु भएको थियो।उक्त कार्यक्रमको सञ्चालन सिताराम भट्टले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.