मानव अधिकारको अवधारणाबारे केएमसीका विद्यार्थी र राष्ट्रिय मानव अधिकार आयोगबिच अन्तरक्रिया

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा कानून सङ्काय तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुसंग विहीबार मानवअधिकार, फौजदारी कानून, मानव अधिकारको उल्लङ्घन, संरक्षण र मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार तथा उजुरी व्यवस्थापनबारे राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यलयमा अन्तरक्रिया गरिएको छ ।

अध्ययन मञ्च (स्टडी फोरम) मा आवद्ध विद्यार्थी प्रविन चन्द, सैलेश खड्का लगायत २५ जना विद्यार्थीहरुको सहभागितामा आयोगका सुदुरपश्चिम प्रदेश प्रमुख हरी ज्ञवाली र मानव अधिकार अधिकृत गणेशराज जोशीले सत्र सञ्चालन गर्नुभएको थियो । विद्यार्थी प्रविन चन्दका अनुसार अध्ययन मञ्च अध्ययनको दायरालाइ फराकिलो बनाउन र विद्यार्थी–केन्द्रित सिकाइ प्रक्रियालाई विद्यार्थीकै नेतृत्व र विद्यार्थीको अपनत्व ग्रहण गर्नका लागि निर्माण गरिएको देशका विभिन्न कलेजहरुबाट जोडिएका विद्यार्थीहरुको खुल्ला मञ्च हो।

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहभागिता र राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यलयसंगको सहकार्यमा उक्त अन्तरक्रिया गरिएको हो।

 

कार्यक्रम पश्चात राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यलयका प्रमुख हरी ज्ञवालीसंग केएमसी संवाददाता जयन्त सिंह भाटले गर्नुभएको संक्षिप्त कुराकानीः

  • यस्ता अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमले मानव अधिकार प्रवद्र्धनमा के फाईदा पुग्छ?

मानव अधिकार आयोगले गर्ने मुख्य कामहरु मध्ये संविधान प्रदत्त मानव अधिकारको प्रवद्र्धन पनि एक हो । त्यसैलाई प्रयोग गर्ने सन्दर्भमा अजको अभिमुखीकरण गरेका हौँ ।

विद्यार्थीहरुसंग हामी मानवअधिकारको सचेतनासंग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछौँ । भर्खरै अछाम, डडेल्धुरा र डोटीका विभिन्न ६ ओटा विद्यालयमा कार्यक्रम गरेका पनि छौँ । कैलाली बहुमुखी क्याम्पसमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुकै आग्रह र सुत्रपातमा मानव अधिकारको आधारभूत अवधारणाबारे सिकाईदिनुप¥यो भनेर आउनुभएको थियो । यो मामलामा हामी अत्यन्तै खुशी र उदार पनि छौँ । हाम्रो समयको अनुकूलता र जनशक्ति स्रोतको व्यवस्थापनका आधारमा यस्ता कार्यक्रममा सकेसम्म सक्रिय सहभागिता रहन्छ ।

किनभने मानव अधिकारको संरक्षण त्यतिबेला हुन्छ, जब मानव अधिकार संस्कृतिको विकास हुन्छ । मानव अधिकार संस्कृतिको विकास भनेको सबै नागरिकहरु आफ्ना अधिकार प्रति सचेत रहनु, थाहा पाउनु, अरुको अधिकारको प्रयोगबारे प्रश्न गर्ने र मानव अधिकार विरोधी क्रियाकलापहरुमा सहभागी नहुने खालको समाज निर्माण हुनु हो । यस्तो भयो भने अधिकारको समान उपभोग हुने स्थिति रहन्छ ।

यसको मुख्य उद्धेश्य के हो भने भोलि समाजमा प्रशासक, राज्यका कर्मचारी वा जुनसुकै क्षेत्रमा पनि यी नवयुवकहरु नै जाने हो । उनिहरु मानव अधिकार मैत्रि भए, उनिहरुको व्यवहार मानव अधिकार मैत्रि भयो, उनिहरुले मानवअधिकारको बारेमा कुरा बुझे भने आफ्नो कार्यक्षेत्रमा काम गर्ने सन्दर्भमा यसलाई लागु गर्छन । र युवाहरु, कलेज पढ्ने विद्याथीहरु भनेको सचेत नागरिकको जमात पनि हो जसले गर्दा उनिहरुले आफ्नो घर परिवार छिमेकमा भएका घटनाहरु मानव अधिकार उल्ल्ङ्घनसंग जोडिएका, अधिकारको उपभोगबाट वन्चित भएका व्यक्तिहरुको पक्षमा वकालत र लविङ गर्नसक्ने क्षमता पनि राख्नुहुन्छ ।

त्यसकारण उनिहरुलाई सचेतिकरण गर्ने कुराले मानव अधिकार प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्नुका साथै गुणात्मक प्रभाव पार्दछ ।
जस्तै एकजना युवा विद्यार्थी प्रशिक्षित भयो भने उसले आफ्नो परिवार र समाजलाई मानवअधिकार मैत्रि बन्न र बनाउन सहयोग गर्छ, अन्याय अत्याचारका विरुद्ध वोल्न थाल्छ ।

कानून कार्यान्वयन गर्ने निकाय पनि त्यस्ता खालका घटना सम्बोधन गर्ने कोशिस गर्छन। कुनै घटनामा सम्बोधन गर्न ध्यान नदिएको अथवा नचाहेकोप्रति उत्तरदायी बन्ने परिस्थिति सिर्जना हुन्छ ।

त्यसकारण यो अत्यन्त महत्वपूर्ण विषय हो । विद्यार्थी भाईबहिनीहरुले जुन ढङ्गले आफैले हामीलाई अभिमुखीकरणका लागि अनुरोध गर्नुभयो हाम्रा लागि यो महत्वपूर्ण अवसर पनि हो, किनभने संविधान प्रदत्त मानव अधिकारको प्रवद्र्धन गर्ने जिम्मेवार निकाय भएको हुनाले यस्ता कार्यक्रममा खुसीसाथ सहभागी हुन्छौँ ।

  • मानव अधिकारसम्बन्धि अभिमुखीकरणका लागि आएका प्रतिक्रिया सम्बोधनका लागि आयोगका तर्फबाट कसरी सघाउनुहुन्छ?

यसको दुईवटा दृष्टिकोण छ ।

पहिलो, विद्यालय वा कलेजले हामीलाई मानव अधिकार सम्बन्धि कुनै विषय वा शीर्षकमा कक्षा लिइदनुप¥यो भनेर भन्नुभयो भने हामी आवधिक रुपमा सहजिकरण गरिदिन्छौँ ।

दोस्रो, सामाजिक संघसंस्था जस्तैः बचत समुह, युवा क्लबहरु, आमा समुह, महिला समुह आदि। उहाँहरुले भन्नुभयो भने हामी सहभागी भएर मानव अधिकारसंग जोडिएका कुराहरु, यसको अवधारणा, अधिकार प्रयो गर्ने व्यवहारिक ज्ञान सिकाउने गर्छौँ । किनभने मानव अधिकार शिक्षाका लागि ज्ञानमात्र हैन त्यसको व्यवहारिक रुपान्तरण आवश्यक छ । त्यसैले हाम्रो समय अनुकूलता र जनशक्तिले भ्याएसम्म सहभागिता जनाउने गर्दछौँ ।

अर्को चाँहि हाम्रो आफ्नै पनि कार्यक्रमहरु हुन्छन् । आर्थिक बजेट, निति तथा कार्यक्रममा आएका कार्यक्रमहरु मार्फत पनि लक्षित समुदाय सम्म प्रवद्र्धनात्मक र क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्ने गर्दछौँ र यो महत्वपूर्ण पनि छ ।

  • मानव अधिकारको प्रवद्र्धनका लागि सुदुरपश्चिमको सन्दर्भमा गर्नैपर्ने मुख्य काम के छ?

उजुरीको प्रचलन र ढाँचा त विविध विषयमा छ जस्तैः विगतमा हामीसंंग द्वन्द्व रुपान्तरणसंग सम्बन्धित विषयहरु प्रायःजसो आउँथे । तर समाज नयाँ ढङ्गले अगाडी बढिरहेको सन्दर्भमा नयाँ विषयहरु पनि छन । विकास, वातावरण, व्यपार, समाजिक विभेद, सामाजिक विकृतिसंग जोडिएका विषयहरु ।

मुख्यगरी जातिय, भाषिक, साँस्कृतिक, शारिरीक अवस्थाका वा कुनै पनि हिसाबले पछाडी परेका समुदायका व्यक्तिहरुलाई आफ्ना अधिकारहरु दावी गर्नसक्ने बनाउन आवश्यक छ ।

मूलकुरो के हो भने, नागरिकका आधारभूत आवश्यकतासंग जोडिएका कुराहरु, मौलिक हकहरु, दैनिक रुपमा व्यक्ति, परिवार, समाजसंग ठोक्किरहेका विषयवस्तुहरु हाम्रा अधिकार हुन् भन्नेबारे जानकारी हुन जरुरी छ ।

*राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यलयका प्रमुख हरी ज्ञवालीसंग गरिएको कुराकानीमा आधारित ।*

 

 

Leave A Reply

Your email address will not be published.