धनगढी । कैलाली बहुामुखी क्याम्पसमा चालु शैक्षिक सत्रमा प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
क्याम्पस प्राङ्गणमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित एक औपचारिक कार्यक्रमका बिच सबै संकायका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । स्ववियु अध्यक्ष यमराज जोशीको सभापतित्वमा क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्ट, सहायक क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्ट, क्याम्पस प्राध्यापक संघ केएमसीका सभापति डा. शिव प्रसाद सापकोटा, एम.बिए, एम.बिएस. कार्यक्रम संयोजक डा.गोविन्दराज जोशी लगायत विभिन्न संकायका विभागिय प्रमुख, प्राध्यापकहरु र विद्यार्थीहरुको उपस्थितिमा उक्त स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
तस्बीरहरुः जयन्त सिंह भाट