केएमसीमा अध्ययनरत उपाध्यायद्धारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा वि.ए चौथो वर्षमा अध्ययनरत विद्यार्थी किरण प्रकाश उपाध्यायले आफ्नो जन्मदिनको अवसरमा वादी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

बझाङको थलारा गाउँपालिका वडा नं. ५ मा बस्दै आइरहेका वादी समुदायका १६ जना विद्यर्थीहरुलाई झोला, कापि र कलम वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

“जन्मदिनमा केक काटेर, पार्टी मानाएर अनावश्यक खर्च गर्नुभन्दा, त्यो खर्च बरु थोरै भएपनि पुण्य कर्ममा लगाउनुपर्छ भन्ने मेरो सोच हो, यसले अरुको अधिकार संरक्षणमा पनि टेवा पुग्छ” उहाँले भन्नुभयो ।

उपाध्याय अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटिका सह–संयोजक पनि हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.