साहित्यको पुष्पन र पल्लवनमा विद्यार्थी साहित्य प्रतिष्ठानका २५ वर्ष, शास्त्रीय संगीत प्रस्तुती सहित मनाईयो रजत जयन्ती र सरस्वती पुजन ।
धनगढी । कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी साहित्य प्रतिष्ठान स्थापना भएको २५ वसन्त पुरा भयो ।
हरेक वर्ष वसन्त पञ्चमी एवं सरस्वती पुजाको दिन मनाईने विद्यार्थी साहित्य प्रतिष्ठानको वार्षिकोत्सव यस वर्ष रजत जयन्तीका रुपमा मनाईएको छ । प्रतिष्ठानका वर्तमान अध्यक्ष सन्तोष पन्तको अध्यक्षतामा उक्त रजत जयन्ती सम्पन्न भएको छ ।
वि.सं.२०५५ सालमा विद्यार्थीहरुको सिर्जनशील प्रतिभा र क्षमता उजागर गर्ने ध्येयले प्रतिष्ठीत साहित्यकार रामलाल जोशीको अध्यक्षतामा क्याम्पसमा विद्यार्थी साहित्य प्रतिष्ठानको स्थापना भएको थियो । जाशी ऐना कथा संग्रहका लागि २०७३ सालको मदनपुरस्कार विजेता हुनुहुन्छ उहाँका अन्य कृतिमा शखी र बाआमा उपन्यास प्रकाशित छन् । त्यस्तै संस्कृतिविद डा. टि.एन जोशी पनि साहित्य प्रतिष्ठानका संस्थापक मध्ये एक हुन् । उहाँ हाल सुदुरपश्चिम पज्ञा प्रतिष्ठानका उपकूलपति हुनुहुन्छ । यस्ता गौरव गर्न लायक प्रतिनिधि उदहारण एवं विदार्थी साहित्य प्रतिष्ठानका उत्पादन सुदुरपश्चिम बहिर पनि कार्यरत छन् जो प्रत्यक्ष र परोक्ष रुपमा केएमसीको सबैभन्दा जेष्ठ संस्था विद्यार्थी साहित्य प्रतिष्ठानको साहित्यिक र सिर्जनात्मक ज्ञानबाट पोषित हुनुहुन्छ । विद्यार्थी सर्जकको क्षमता र प्रतिभालाई निखार्न उनिहरुको आवश्यकताको आधारमा तय गरिने वातावरणले दिने परिणामको उदहारण हुन् साहित्यकार रामलाल र संस्कृतिविद् टि.एन जोशी ।
यस्तै साहित्य अनुराज्ञि विद्यार्थीहरुको साहित्यक अङ्कुरणलाई पुष्पित र पल्लवीत गर्ने विशेष मञ्च हो विद्यार्थी साहित्य प्रतिष्ठान। जसले आवधिक रुपमा विभिन्न गजल, मुक्तक तथा कविता वाचन÷ प्रतियोगिता, साहित्यक भित्तेपात्रो प्रकाशन, अक्षरादी डबली जस्ता कार्यक्रम आयोजना गर्ने र पछिल्लो पुस्ताका विद्यार्थीहरुलाई साहित्यप्रति रुचि जगाउनुका साथै लेखन सिपमा पनि सघाउने माहोल तयार पार्न सफल छ ।
वुधबार एक औपचारिक कार्यक्रमकाबिच सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति संस्कृतिविद डा.टि.एन जोशीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको रजत जयन्ती मनाईएको हो ।
यस अवसरमा विभिन्न साँस्कृतिक, सांगीतिक र नृत्य प्रस्तुती समेत राखिएको थियो । यसरी क्याम्पसले विद्यार्थीहरुलाई दिएको अवसरको परिणाम गुरुहरुले हेर्ने र मुल्याङ्कन गर्ने अवसर पनि हुन् यस्ता कार्यक्रम र मञ्चहरु, कैलाली बहुमुखी क्याम्पसकै विद्यार्थीहरुले सञ्चालनमा ल्याएको अर्को सङ्गीतिक संस्था केएमसी म्युजिक क्लबका विद्यार्थी कलाकारहरु रिसान्त ओझा, सन्तोष विक, विवेक विसी, सरस्वती भट्टराई, अनिता धामी, यमराज महता, दिपिका धानुक लगायतले हार्मोनियम र तबलामा शास्त्रीय संगीत पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा क्याम्पस प्रमुख प्राध्यापक तायराज भट्ट, प्राध्यापक संघ सुदुरपश्चिम विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रबिर चन्द, प्राध्यापक संघ कैलाली बहुमसखी क्याम्पसका सभापति डा. शिव प्रसाद सापकोटा, सहायक क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्ट, विभिन्न संकायका विभागीय प्रमुख र प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
यसै अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित पनि गरियो । जसमा सात हजार राशीको लिलानाथ साहित्य प्रतिभा पुरस्कार, साहित्यकार निर्मल कुमार भण्डारीलाई प्रदान गरिएको छ । त्यस्तै विद्यार्थी साहित्य युवा प्रतिभा अभिनन्दनबाट तोयनाथ भट्टलाई सम्मान गरियो । पत्रकारितामार्फत भाषा,संस्कृति,कला र साहित्यमा योगदान दिएबापत पत्रकार गगन अयडी सम्मानित हुनुभयो । त्यसैगरी नेपाली भाषा,कला, संस्कृति र साहित्यमा योगदान दिएबापत तुलसी शर्मा र ठाकुर प्रसाद चौधरी सम्मानित हुनुभयो ।
यसैबिच आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइएको छ ।
वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्ने गरिन्छ ।यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।
सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन पनि छ । क्याम्पसमा पनि आज सरस्वती पूजा मनाईएको छ ।
संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।