धनगढी स्थीत ग्यालेक्सी मल्टिपल कलेजले माध्यमिक विद्यालय स्तरीय विजनेस क्विज आयोजना गर्ने

धनगढी । धनगढी स्थीत ग्यालेक्सी मल्टिपल कलेजले माध्यमिक विद्यालय स्तरीय विजनेस क्विज आयोजना गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले शैक्षिक सत्र २०८० बाट नै व्यवस्थापन संकाय अन्तर्गत बि.बि.एस कार्यक्रममा नयाँ पठनपाठन गरिरहेको छ । कलेजका प्रमुख प्राध्यापक जय दत्त भट्टका अनुसार धनगढी उपमहानगरपालिका भित्रका विद्यालयका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुबिच उक्त हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता भोलि शनिबार विहान १० बजेदेखि सुरु हुने प्रमुख भट्टले वताउनुभयो ।

“ व्यवस्थापनका क्षेत्र र आयामहरु व्यपक छन, त्यसैले यस विषयप्रति विद्यार्थीहरुको रुचि जगाउने, व्यवसाय र व्यापार प्रति उनिहरुको विश्वस जगाउने र विषयगत रुपमा वुझाई बलियो बनाउदै बोर्ड परिक्षामा पनि सहयोगी होस भन्ने उद्धेश्यले हामी जी.एम.सी बिजनेस क्विज ओजना गर्दै छौँ,” उहाँले भन्नुभयो, “ प्रत्येक वर्ष यसलाई हामी निरन्तरता दिने छौँ ”

आगामी दिनमा यसलाई जिल्ला स्तरीय प्रतियोगिताका रुपमा विस्तार गर्दै जाने र धनराशी पनि बढाउँदै जाने उहाँले बताउनुयो ।

ग्यालेक्सी मल्टिपल कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक रुपमा गतिशील बनाउनमा आफुहरु केन्द्रित रहेको उहाँको भनाई छ । “ हामीले कलेजमा ई-लाईब्ररीको व्यवस्था गरेका छौँ, योसंगै प्रत्येक महिना विद्यार्थीहरुलाई उद्योग र व्यवसायीक क्षेत्रहरुमा अध्ययन भ्रमणमा लैजाने योजना बनाएका छौँ” उहाँले भन्नुभयो, “ स्नातक सकेपछि हरेक क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो मुख्य लक्ष्य हो, त्यसका लागि सबै विद्यार्थी, अभिभावक,शैक्षिक संस्थाहरु र समाजको सहयोगको अपेक्षा राखेका छौँ।”

भोलि आयोजना हुने हाजिरीजवाफ प्रतियोगितामा व्यवसाय, अर्थशास्त्र, वित्त क्षेत्र लगायत व्यवस्थापन संकायका विषयसंग सम्बन्धित प्रश्नहरु समावेश हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि हालसम्म ७ ओटा विद्यालयका समुह दर्ता भईसकेका छन। हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ७ हजार, द्वितीय पुरस्कार रु ५ हजार र तृतिय पुरस्कार रु ३ हजार कायम क्याम्पस प्रमुख भट्टले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.