केएमसीमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत

धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ ।

शनिबार क्याम्पसको सभा हलमा बीबीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा अतिथिहरुको मन्तव्य, विद्यार्थीका गजल, मुक्तक, गीत र नृत्य लगायतका विभिन्न प्रस्तुति रहेका थिए ।

कैलाली बहुमुखी क्याम्पसका सहायक प्रमुख ठाकुर प्रसाद ढुंगेलको  प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बीबीए तेस्रो सेमेस्टरका विद्यार्थी आशिष उपाध्यायको सभापतित्व रहेकोे थियो ।

त्यस्तै कार्यक्रममा क्याम्पसमा अध्यापन गराइरहनुभएका प्राध्यापक, सह-प्राध्यापक र उप-प्राध्यापकको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुले आफ्नो भबिस्य निर्माणका लागि आफूले मेहनत गर्नुपर्ने र क्याम्पसको पनि साथ सहयोग रहने प्रमुख अतिथि ठाकुर प्रसाद ढुंगेलले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.