धनगढी। आरम्भ कानुनी शिक्षा केन्द्र र नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा धनगढीमा ‘ल फेस्ट’ आयोजना गरिएको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा प्रविणता प्रमाणपत्र तहका विद्यार्थीहरुबिच विभिन्न विधामा प्रतिस्प्रधा गराएर कानुनी शिक्षा अभिवृद्धि गर्ने उद्धेश्यले उक्त उत्सव आयोजना गरेको आरम्भ कानुनी शिक्षा केन्द्र धनगढीका संयोजक ओम प्रकाश वस्तीले बताउनुभयो ।
सुदुरपश्चिमाञ्चल क्याम्पसको सभाहलमा बिहीबार आज एक औपचारिक कार्यक्रमकाबिच प्रनिनिधि सभा सदस्य माननीय डिल्लिराज पन्तको प्रमुख आतिथ्यतामा उक्त कानुनी उत्सवको सुभारम्भ गरिएको हो ।
कार्यक्रममा सांसद पन्तले प्रचलित कानुनहरुलाई समयसापेक्ष बनाउन विद्यार्थीहरुको भुमिका महत्वपूर्ण रहेको वताउनुभयो ।
“जनता कानूनका लागि हैन कानुन जनताका लागि हुनुपर्छ, समय अनुसार, आवश्यकता अनुसार, समाजको ढाँचा अनुसार कानुन पनि परिवर्तन हुनुपर्छ” उहाँले भन्नुभयो, “ तपाईहरु कानूनको विद्यार्थी हुनुहुन्छ यो जीवनपर्यन्त सिकाईको विषय भएकोले भोलिका दिनमा नयाँ कानूनहरु बनाउँदा खेरी संविधान संसोधन गर्दाखेरी तपाईहरुको भुमिका अहम् रहन्छ।”
आर्थिक मामिला तथा कानून मन्त्रालयका सह–सचिव विश्वदिप वेस्राले पनि कानुनी शिक्षा अभिवृद्धि गर्ने यो नयाँ अवधारणलाई समर्थन गर्नुभयो ।
“विभिन्न विधामा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराएर कानुनी साक्षरता अभिवृद्धि गर्ने यो नेपालकै लागि नयाँ अभ्यास हो” उहाँले भन्नुभयो “ कानूनी शिक्षालाई प्रवद्र्धन गर्ने यस्ता अवधारणा र यस क्रियाकलापमा यस वर्ष विविध शीर्षकबाट सहयोग ग¥यौँ, आगामी वर्ष बजेट शीर्षकमार्फत नै सम्बोधन गर्ने छौँ, सुदुरपश्चिम प्रदेश सरकार कानुनी शिक्षा बढाउनमा सँधै अगाडी रहने छ”
यसैगरी सुदुरपश्चिमका मुख्य न्यायधिवक्ता ठेकेन्द्रराज जोशीले वास्तवमा कानुन व्यवसायीहरुमा पनि राज्यको लगानी हुनु जरुरी रहेको औँल्याउनुभयो ।
“तपाईहरुले यो कार्यक्रम सुरु गरेको कारणले राज्यलाई, नेपाल बारलाई, बार काउन्सिललाई के वोध भएको छ भने वास्तवमा कानून व्यवसायीमा पनि लगानी गर्नुपर्छ भन्ने अनुभुति भएको छ” उहाँले भन्नुभयो,“ यस्तो लगानीले कनुन व्यवसायीलाई सामाजिक उत्तरदायित्व पनि वोध गराउँदै निष्पक्ष न्यनय निरुपणमा सहयोग पुग्छ”
ल फेस्टमा आज पहिलो दिन कानुनी कविता प्रतियोगिता र लिगल ड्राफ्टिङ (कानुनी मस्यौदा तयार पार्ने) प्रतियोगिता सम्पन्न भएको छ । भोलि दोस्रो दिन कानुनी हाजिरीजवाफ प्रतियोगिता र सिर्जनात्मक लेखन तथा तेस्रो र चौथो दिन संसदिय बहस प्रतियोगिता गरिने कार्यक्रम संयोजक ओमप्रकाह वस्तीले वताउनुभयो ।