धनगढी। राष्ट्रिय क्षयरोग निवारण केन्द्रको २०७७/७८ को तथ्याङ्क अनुसार नेपाल नेपालमा वार्षिक ६९,००० नयाँ क्षयरोगी थपिने देखाएको थियो।
केन्द्रको तथ्याङ्क अनुसार उक्त सङ्ख्या वार्षिक रूपमा घट्दै गएको छ। गत वर्ष देशभर २८ हजार ६ सय ७७ जनामा सङ्क्रमण पत्ता लागेको छ। तीमध्ये ५० प्रतिशत बिरामी ६ महिना नियमित औषधि सेवनपछि निको हुन्छन्। यस वर्ष क्षयरोगकै कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५०० को हाराहारीमा रहेको छ।
विज्ञहरुका अनुसार क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस (mycobacterium tuberculosis) नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ,खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन। र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। जस्तैः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन्।
संक्रामक रोग भएका कारण यस रोगका विरामी बर्सेनी सयौँको संख्यामा पहिचान हुने गरेका छन्। नेपाल सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न स्वास्थ्य प्याकेज मार्फत निःशुल्क सेवा पनि प्रदान गर्दै आएको छ । यसका अलावा विभिन्न गैरसरकारी संस्थाले पनि क्षेयरोग विरुद्ध सचेतना फैलाउने काग गरिरहेका छन् । जसमा क्षयरोग विरुद्ध युवा राष्ट्रिय अभियान (National Youth Movement Against Tuberculosis) पनि एक हो ।
यो युवा नेतृत्वद्धारा सञ्चालित गैरनाफमुलक संस्था हो । जसले १+१ को सुत्रपातमा मानिसहरुलाई जोड्दै क्षयरोग विरुद्ध सचेतना फैलाउने काम गरिरहेको छ । यस अभियानमा जोडिएर धनगढी उपमहानगरपालिकामा जनचेतनामुलक अभिमुखिकरण गरिहनुभएका कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी प्रविन चन्द क्षयरोग विरुद्ध जनचेतना, सञ्चार र वकालत गर्दै क्षयरोग अन्त्य गर्न युवा परिचालन गर्ने सिद्धान्त बमोजिम आफुहरु काम गरिरहेको बताउनुहुन्छ ।
हाल निम्याटले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र बिश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा “ क्षयरोग अन्त्य गर्न 24–24 युवा परिचालन अभियान” संचालन गरि रहेको छ । यो रोगबारे सचेतना अभिवृद्धि गर्न अपनाईएको एक रणनिति हो । यस अन्तर्गत देशभर एक हजार जना युवाहरुको क्षमता निर्माण, वकालत र सामाजिक मिडिया संलग्नतामा ३ महिने अभियान समेत संचालन गरिएको छ र यो अभियान विश्व क्षयरोग विरुद्धको दिवस अर्थात यहि मार्च २४ तारिखमा समाप्त हुँदैछ ।
उक्त अभियानमा छनौट भइ अहिले अभियानको तेस्रो चरण अन्तर्गत विद्यार्थी माझ टिबि रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम चलिरहेको विद्यार्थी चन्दले जानकारी दिनुभयो । यो अभियानलाई कैलाली बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व गर्ने क्याम्पस प्रतिनिधी चन्दलाई तोकेर उक्त अभियानमा आवद्ध युबा च्याम्पियन हरु परिचालन गरिएका हुन ।
जस अन्तर्गत धनगढीका सामुदायिक तथा निजि विद्यालयहरु र डडेलधुरा को गन्यापधुरा गाउपालिकामापनि यो अभियान संचालन गरिएको उहाँले बताउनुभयो ।
यस अभियानमा केएमसीमा अध्ययनरत युवा च्याम्पियनहरु प्रविन चन्द, बम बहादुर बिक, पदम साउद, हरेन्द्र भट्ट मान सिंह बिस्ट, दिपक बयलकोटीले अभियानको दौरानमा टिबि रोग न्यूनीकरण सम्बन्धि सत्र चलाएका थिए ।
