धनगढीको क्रेसेन्ट सिटी स्कुलका विद्यार्थीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

धनगढी – धनगढीको क्रेसेन्ट सिटी स्कुलमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

स्कुलमा विद्यार्थीद्वारा एक दिनको खाजा खाने रकम कटौती गरेर अनाथ, बिपन्न ,असहाय र बेवारिसे अवस्थामा परेका बालबालिका, महिलालाई सहयोग गरेको विद्यालयमा कक्षा ५आ अध्यापनरत शिक्षक सन्तोषराज भट्टले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीको अनुपस्थित भएको दिनको पैसा संकलन गरेर र थप खाजा रकम एक दिनको कटौती गरेर फाउन्डेसनलाई सहयोग गरेको शिक्षक भट्टले बताउनुभयो ।

सहयोग सामग्रीमा विद्यार्थीहरुको रकम बाट १ कठ्ठा चामल, १ बोरा आलु, १ पेटि तेल, ७किलो दाल, ५ दर्जन केरा, ५ किलो सुन्तला, आधा दर्जन भाडा धुने साबुन, आधा दर्जन नुहाउने साबुन फाउन्डेसनलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

उक्त सहयोग कार्य गर्न पाउँदा विद्यार्थीहरु हर्सित भएका छन् । त्यस्तै  आगामी दिनमा थप यस्तै कार्य गर्न लागिपर्ने कुरा विद्यार्थीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.