देशभरमा उत्कृष्ट हुँदै केएमसीका स्ववियु सभापति जोशी अनेरास्ववियुको केन्द्रिय सदस्यमा मनोनित

धनगढी । कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ ।

यस्तै उहाँ अनेरास्ववियुका तर्फबाट निर्वाचित देशकै उत्कृष्ट अध्यक्ष समेत घोषित हुनुभएको छ । निर्वाचित भईसके पछि क्याम्पसमा गरेका कार्यसम्पादन र संगठनमा वहन गरेको जिम्मेवारीका आधारमा देशभरका ठुला २१ ओटा क्याम्पसका स्ववियु सभापतिहरुलाई केन्द्रिय कमिटिमा समावेश गर्ने  कमिटिको निर्णय अनुसार कैलाली बहुमुखी क्याम्पसका सभापति जोशी पनि मनोनित हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

सभापति यमराज जोशी नेतृत्वको स्वतन्त्र विद्यार्थी युनियनले कैलाली बहुमुखी क्याम्पसमा उल्लेखनिय काम गरिरहेको छ ।
विद्यार्थीहरुलाई शिक्षासंगै संस्कार, शिक्षासंगै सिप अभियान सञ्चालन गरि प्रशासन र विश्विद्यालय अनुदान आयोगको सहयोगमा हाल निःशुल्क रुपमा उद्यमशीलता विकास कक्षा, शिक्षक सेवा, लोक सेवा र बैङ्किङका तयारी कक्षा चलाउनुका साथै, संरचनागत सुधार र विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिरहेको छ।

यसका साथै विद्यार्थीहरुमा पछिल्लो समय जटील बन्दै गएको लागु औषध दुव्र्यसनी नियन्त्रण र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न क्याम्पसमै विहान योग अभ्यास पनि सुरु गर्ने तयारीमा रहेको स्ववियु अध्यक्ष जोशीले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.