धनगढी । महेन्द्रनगरमा आयोजित कलेज स्तरीय फुटबल टुर्नामेन्ट कैलाली बहुमुखी क्याम्पसले जितेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदुरपश्चिम विश्वविद्यालय समितिले यहि चैत्र १४ गतेदेखि आयोजना गरेको सुदुरपश्चिम कलेज स्तरीय फुटबल प्रतियतेगिताको फाईनलमा मंगलबार रौलेश्वर जनता बहुमुखी क्याम्पस बेलडाँडी कञ्चनपुरलाई ४–१ को गोल अन्तरले पराजित गर्दै कैलाली बहुमुखी क्याम्पसले उपाधि हात पारेको हो ।
उक्त प्रतियोगितामा सुदुरपश्चिमका १४ ओटा टिम मध्ये क्याम्पस, विभिन्न स्पोर्टस् क्लबमा आबद्ध र १९ वर्षमुनिका क्षेत्रिय तथा राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको केएमसी स्पोर्टस् क्लबका अध्यक्ष एवं टिम ब्यवस्थापक नबिन शाहुले बताउनुभयो ।
प्रतियोगिताको विजेतालाई नगद रु ५० हजार सहित ट्रफि र मेडल तथा उप–विजेतालाई नगद रु २० हजार सहित ट्रफि र मेडल प्रदान गरिएको छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडी केएमसीका रमेश जोशी घोषित हुनुभएको छ ।