के तपाई रक्तदान गर्नका लागि योग्य हुनुहुन्छ ?
धनगढी । रगत बिना कुनैपनि प्राणी बाँच्न सक्दैन । मानिस दुब्लाे हुँदैमा रगत छैन भन्न मिल्दैन । तर रगतमा हेमाेग्लाेबिनकाे मात्राभने ठिक हुनु पर्दछ । यसका अलावा दीर्घ राेगी हुनु हुदैन । त्यसैले एक थाेपा रगतले यदि कसैकाे प्राण जाेगिदै छ भने रक्तदान किन नगर्ने त ? यदि तपाईं रक्तदान गरेर पुण्य कमाउन चाहनु हुन्छ भने तपसिलमा उल्लेख भएका विशेषता भने हुनु पर्दछ है ।
रगतको अभाव हुँदा दुर्घटनाका घाइते, रक्तस्राव भएका व्यक्ति, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामीलाई गाह्रो पर्छ । थालसेमिया, हेमोफिलियामा समस्या पर्छ, आकस्मिक शल्यक्रिया प्रभावित हुन्छ । यी स्वास्थ्य समस्या भएका व्यक्तिले समयमै रगत नपाए ज्यानै जोखिममा पर्ने खतरा हुन्छ ।
के तपाई रक्तदान गर्नका लागि योग्य हुनुहुन्छ ?
– तपाई पूर्णरुममा सहमत हुनुहुन्छ ।
– तपाईको तौल कममा पनि ५० किलो र बढीमा १६०
किलो हुनु पर्दछ ।
– तपाईको उमेर १८ वर्षदेखि ६६ वर्षसम्मको हुनु पर्दछ ।
– गर्भवती वा स्तनपान गराइरहेको हुनु हुदैन ।
– एचआइभी (HIV) संक्रमित हुनु हुदैन ।
– रक्तचाप ठिक हुनु पर्दछ (120/80 mm of Hg) ।
– मधुमेह (Diabetes) राेग लागेकाे हुनु हुदैन ।
– अन्य कुनैपनि दीर्घ राेग लागेकाे हुनु हुदैन ।
– रगतमा हेमाेग्लाेबिनकाे मात्रा ठिक हुनु पर्दछ ।