अनेरास्ववियु केएमसीद्वारा आयोजित गजल प्रतियोगितामा अबि प्यारे प्रथम 

धनगढी – केएमसीमा रहेको अनेरास्ववियु क्याम्पस कमिटीले गजल प्रतियोगिताको आयोजना गरेको छ ।

बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित क्याम्पस स्तरीय प्रतियोगितामा अबि प्यारे प्रथम हुनुभएको हो ।

प्रतियोगितामा विभिन्न संकायका ३५ जना विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगिताका कार्यक्रम संयोजक धिरेन्द्र बोहराले बताउँनुभयो । जसमा द्धितिय सन्तोष उपाध्याय र तृतिय हर्क जोशी हुनुभएको छ । प्रतियोगिताका प्रथम अबि प्यारेले पन्ध्र सय नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । द्धितिय र तृतियले क्रमश : एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै कमला तिमिल्सिना र दल सिंहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

क्याम्पसका प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यतामा भएको उक्त गजल प्रतियोगितामामा अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष पूर्णराज जैशीको अध्यक्षता रहेको थियो ।

गजलकार कोपिला शर्मा ‘कल्प’ र समिर ओझा निर्णायकमा रहनुभएको थियो । त्यस्तै प्रतियोगितामा केएमसीका स्ववियु अध्यक्ष यमराज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.