‘शाओमीले टेस्लाको कार व्यापारलाई टक्कर दिने’

धनगढी । स्मार्टफोन निर्माण गर्ने चिनियाँ कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । यससँगै खरिदकर्ताहरुले अर्डर लिन सुरु गरेका छन् । केही दिन अगाडि सार्वजनिक कार्यक्रम नै आयोजना गरि कम्पनीले नयाँ उत्पादनबारे जानकारी दिएको हो ।
कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत ली जुनले भने, ‘कम्पनीको स्ट्यान्डर्ड एसयूठ मोडेलको मूल्य २१५,९०० युआन ९२९,८७२ अमेरिकी डलर पर्नेछ । यसकै म्याक्स संस्करणको मूल्य २९९,९०० युआन हुनेछ । कम्पनीको भनाइ अनुसार, यसले आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरेको २७ मिनेट भित्र ५० हजार अर्डर प्राप्त गरेको छ ।
शाओमीले विश्वव्यापी रूपमा कारहरूको बिक्री घटिरहेको एक समयमा इलेक्ट्रिक कार बजारमा प्रवेश गरेको छ, जसले मूल्यमा नयाँ प्रतिस्पर्धा सुरु गरेको छ । यस निर्णयसँगै शाओमी इलेक्ट्रिक कार बजारका यसअघिका खेलाडी टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्ने मानिएको छ । चीनमा टेस्लाको मोडेल ३ को सुरुवाती मूल्य २४५,९०० युआन छ । शाओमीको एसयूठ को तुलना पॉर्शेको टायकन र पानामेरासँग गरिएको छ ।
एसयूठका विशेषताहरू
चार्ज क्षमता
ली जुनले भने, एसयूठ एक पटक चार्ज गर्दा करीब ७०० किलोमिटरसम्म चल्न सक्नेछ। यो टेस्लाको मोडल ३ भन्दा उत्कृष्ट छ जुन एक पटक चार्जमा ५६७ किलोमिटरसम्म चल्न सक्छ। कम्पनीलाई आशा छ कि एसयूठले त्यही अपरेटिंग सिस्टम प्रयोग गर्नेछ जुन यसका फोन, ल्यापटप र अन्य उपकरणमा प्रयोग गरिन्छ । यो यसका ग्राहकहरूलाई मन पर्नेछ।
रिसर्च कम्पनी काउन्टरपोइन्टका अनुसार, विश्वभरिका स्मार्टफोन बेच्ने शाओमी तेस्रो ठूलो कम्पनी हो। अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ। गत एक वर्षदेखि कम्पनीले एसयूठ लन्च गर्ने संकेत गरिरहेको थियो। यसरी, यसको तुलना पॉर्शेको टायकन र पानामेरा स्पोट्र्स कार मोडलसँग गरिएको थियो।
शाओमीको यो नयाँ कारको उत्पादन सरकारको स्वामित्वमा रहेको बीएआईसी ग्रुपको एक कारखानामा हुनेछ। यो कारखाना बेइजिङमा छ र कम्पनीले वर्षमा कम्तीमा दुई लाख कारहरू बनाउने लक्ष्य राखेको छ। अटोमोबिलिटीसँग सम्बन्धित बिल रुसोले भने, ूअहिलेसम्म कम्पनी जति टाढा पुगेको छ त्यो आफैमा ठूलो सफलता हो। तर सबैभन्दा ठूलो सफलता तब हुनेछ जब शाओमीले इलेक्ट्रिक कार बजारमा ग्राहकहरू बीचमा आफ्नो स्थान बनाउन सक्छु । तर, तकनीकी कम्पनीहरू अगाडि यस क्षेत्रमा चुनौतीको संकेत त्यसबाट देखा पर्दछ कि आइफोन बनाउने कम्पनी एप्पलले गत महिना इलेक्ट्रिक कार बनाउने आफ्नो योजना रद्द गरेको थियो।
बिल रुसोको भनाइ छ, शाओमीले कार बजारमा कदम राख्नुले यो देखाउँछ कि कम्पनीसँग चीनमा भएको आफ्नो ब्रान्डमा पूर्ण विश्वास छू भने एप्पललाई चीनको बाहिर यस बजारमा धेरै सम्भावना देखिएन । शाओमीले भनेको छ, कम्पनी आउँदो १० वर्षमा इलेक्ट्रिक कारको व्यवसायमा १० अरब डलर लगानी गर्नेछ। रायस्टैड एनर्जी नामक अनुसन्धान कम्पनीसँग जोडिएका अभिषेक मुरलीले भनेका छन्, ूचीनमा इलेक्ट्रिक कार धेरै परिपक्व छ र यसकारण यहाँ एक स्थिर इकोसिस्टम बनेको छ जसले कार निर्माताहरूलाई धेरै सहयोग प्रदान गर्दछ।ू ूउदाहरणका लागि, यहाँ ब्याट्री सप्लाई चेन धेरै बलियो छ र इलेक्ट्रिक कारहरूको बढ्दो मागलाई हेर्दा ठूलो पैमानामा चार्जिंग नेटवर्क बनाइएको छ।ू
शाओमीको पहिलो कार यस्तो समयमा लन्च भएको छ जब चीनमा यस क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गइरहेको छ। हालका महिनाहरूमा टेस्लाका अर्बपति मालिक एलन मस्कले चीनमा आफ्ना कारहरूको मूल्य धेरै हजार डलरले घटाएका छन्। यसको कारण हो विश्व स्तरमा सबैभन्दा धेरै इलेक्ट्रिक कार बेच्ने कम्पनी द्यथ्म्ले यहाँ आफ्ना कारका मूल्यहरू घटाएका छन् । इलेक्ट्रिक कारको मामलामा चीन विश्वकै सबैभन्दा ठूलो बजार हो। यसरी, यहाँ नयाँ खेलाडीहरूलाई रोक्ने प्रयासहरूको बीचमा शाओमी ती केही कम्पनीहरू मध्ये एक हो जसलाई अधिकारीहरूबाट हरियो झन्डी प्राप्त भएको छ।

Leave A Reply

Your email address will not be published.