धनगढी। धनगढीमा रहेको चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
चैतन्य एकेडेमी नयाँवानेश्वर काठमाडौँबाट विगत दशक लामो समयदेखि देशको प्राथमिक एजेन्डाहरुमा सुशासन, दिगो विकास र समृद्धीलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको सेमिनारको आयोजना बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताउनु भयो ।
धनगढीमा भएको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलनमा उहाँले विकासका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताउनु भयो । स्वतन्त्र निर्वाचित नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताउनु भयो ।
उपमहानगरमा भ्रष्टाचार अन्त्य गर्न तथा नागरिकलाई सुविधा दिन आफूले काम गरिरहेको उहाँको भनाई थियो। औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्यमा विकास हुन नसक्दा सुदूरपश्चिममा गरिबी विगतको तुलनामा बढेको नगर प्रमुख हमालले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सुसान अपूर्ण छ यो काम राज्य का हरेक निकायले यस्ता बहसका कार्यक्रम गर्ने हो तर गरेको छैन एक बिद्यालयले बिशिस्ट व्यक्ति हरुलाई एकै ठाउँमा जुराउनु भनेको यो भाग्यको खेलमान्नु पर्छ यस्ता कामहरु हरेक संघ संस्थाले सरोकारवालाले मनन गर्नु प्रर्ने दिन आएको बताउनु भयो । चैतन्य पाठशाला बाट राज्यले पनि सिको गर्ने दिन आएको लम्सालले बताउनु भयो । चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्साल पत्रकार ,समाजिक अभियान्ता, बिशिष्ट व्यक्ती लगायत सामाजिक, राजनीतिक लगायत बिभिन्न क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा छन्।