के हो मधुमेह? कसरी बच्ने यसबाट…

सामान्यतया यो पाचन प्रणालीमा भागलिने अङ्ग प्याङ्क्रियाज मा लाग्ने रोग रोग हो । प्यान्क्रियाजले पैदा गर्ने इन्सुलीनको असन्तुलन भएमा रगतमा ग्लुकोजको मात्रा सामान्य भन्दा बढी हसन गएमा मधुमेह रोग लागेको भनिन्छ ।

धनगढी । सामान्यतया यो पाचन प्रणालीमा भागलिने अङ्ग प्याङ्क्रियाज मा लाग्ने रोग रोग हो । प्यान्क्रियाजले पैदा गर्ने इन्सुलीनको असन्तुलन भएमा रगतमा ग्लुकोजको मात्रा सामान्य भन्दा बढी हसन गएमा मधुमेह रोग लागेको भनिन्छ ।
मधुमेह अचेल सर्वाधिक प्रचलित रोगहरूमध्ये एउटा हो । धेरै मान्छे यसलाई आधुनिक सभ्यताको अभिशाप भन्दछन् । यतिमात्र होइन यसको संख्या भयावह ढङ्गले बढदै छ र यो बढने सबैभन्दा प्रमुख कारण रहन–सहनको हाम्रो बानीमा भएको फरक हो ।

आजभोलि अघिको भन्दा धेरै संख्यामा युवक र यहाँसम्म कि नानीहरू पनि मधुमेहले ग्रस्त भएको पाइन्छ । निश्चित रूपले यसको एउटा ठूलो कारण हो बितेका ४–५ दशकमा श्वेत शर्करा, मैदा तथा ओजहीन खाद्य उत्पादहरूलाई हामीले गरेको व्यापक प्रयोग मान्न सकिन्छ । कारण हो मोटोपन र आरामको जीवन जिउने तरिकाको विकास ।

स्कुलहरूमा पिज्जा, चिप्स, कोल्ड ड्रिङ्क्सको धेरै प्रयोगका साथै साधारण खान–पानमा रिफाइन्ड खाना, पालिश गरिएको खाद्य पदार्थ र खानामा फाइबरको कमी डाइबिटीजको बढदो संख्याको मुख्य कारण हो ।

मधुमेहको बैज्ञानिक शब्दावलीमा डाइबिटीज मेलाइट्स को नामले जानिन्छ । यो युनानी भाषाको शब्द ‘डाइबिटीज’ को अर्थ लेटिन भाषाको शब्द ‘मेलाइट्स’ सँग मिलाएर बनिएको हो। ‘डाइबिटीज’को अर्थ हो–भएर निस्कनु वा प्रवाहित हुनु तथा ‘मेलाइट्स’ को अर्थ हो मह । यसरी हेर्दा डाइबिटीज मेलाइट्सको अर्थ हुन्छ मह प्रवाहित हुनु ।

यो रोग शरीरका कार्य व्यवहारमा भएका गड़बड़ीहरूको परिणाम स्वरूप उत्पन्न हुन्छ यसलाई शरीरको पाचनसम्बन्धी एउटा रोगका रूपमा जानिन्छ जुनचाहिँ अग्नाशयमा स्थित विशेष लेङ्गरहेन्स कोशिकाद्वारा एउटा विशिष्ट हर्माेन इन्सुलिनको पर्याप्त मात्रामा निर्माण गर्न नसक्नुका कारणले हुने गर्दछ ।

यसमा कमी आउनाले रगतमा ग्लुकोजको मात्रा बढेर जान्छ । जब यो एउटा निर्धारित स्तरसम्म पुग्दछ र मिर्गौँलाले अतिरिक्त मात्रामा मूत्र विसर्जन गर्न थाल्दछ । त्यसैले रक्त सञ्चारको मात्रा जाँच गर्नका लागि चिकित्सकहरूद्वारा मूत्र परिक्षण गर्ने परामर्श दिइन्छ । अझभन्दा डाइबिटीजको अर्थ हो रगतमा चीनीको मात्रा बढनु ।

जब इन्सुलिनको निर्माणमा गडबड हुन्छ । इन्सुलिनको काम रगतमा चीनीको स्तरलाई नियन्त्रण गर्नु हो । मधुमेह रोग लाग्यो की लागेन भन्ने पत्ता लगाउन खाली पेट जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि– डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।

प्रचुर मात्रामा भोजनको उपलब्धता वा शारीरिक श्रमको कमीका कारण मधुमेह हाम्रो देशमा आजभोलि बढ्दो छ । मधुमेह वा सुगर रोग हुँदा रगतमा ग्लुकोज सामान्य भन्दा धेर हुन्छ र ग्लुकोजका साथै बोसो तथा प्रोटिनको पापचन पनि प्रभावित हुन्छ । यो रोग कुनै पनि उमेरमा हुन सक्छ भारतमा यस रोगका पीडित ९५ प्रतिशत भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।

मधुमेह दुई किसिमको हुन्छ :

पहिलो प्रकारको मधुमेह बच्चामा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिन उत्पादन बन्द हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो बच्च जन्मेको केही बर्षपछि मात्रै देखिन्छ ।
दोस्रो प्रकारमा मधुमेह पाको उमेर हुँदै गएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिने गरेको छ । अहिले बच्चाहरुमै मोटोपना बढेकोले यस्तो प्रकारको मधुमेह देखिन थालेको छ ।

मधुमेहका कारणहरू :

–द्रुत गतिमा बढदो शहरि जीवनयापन,
–आधुनिक युगका समस्याहरू
–अचानक खानपान वा रहन–सहनमा आएको परिवर्तन
–पाश्चत्यकरण (फास्ट फूड, कोकाकोला इन्जेक्शन)
यसका लक्षणहरू :
–वजनमा कमी हुनु
–धेरै भोक लाग्नु
–तिर्खा वा पिसाब लाग्नु
–थकाइ, पिँडुला दुख्ने
–पटक–पटक सङ्क्रमण हुनु वा घाउ ढिलो निको हुनु
–हात खुट्टा झनझन गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु
–नपुङ्सकता
कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावन हुन्छ, जस्तै–मोटो व्यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्च रक्तचाप भएको रोगी, जुन मान्छेले व्यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, शहरी व्यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ ।
रोकथाम तथा नियन्त्रण:
रगतमा ग्लुकोजको मात्रा कम गर्नु नै मधुमेहको पूर्ण उपचार होइन । त्यसका अतिरिक्त उपयुक्त भोजन र व्यायाम अत्यन्त आवश्यक हुन्छ ।
नुन, चिनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनेका परिकारहरू, मीठा खाने कुराहरू, आइसक्रीम, मिठाई, मांस, अण्डा, चकलेट, सुकेको नारियल लगायत खानेकुरा सकेसम्म नखाने ।

यस्ता खाद्य पदार्थ खाने:

हरियो साग, काँक्रो, करेला, गोलभेडा, प्याज, लसुन, कागति र सामान्य खुर्सानी तथा मसलाको प्रयोग गर्न सकिन्छ । फलफूलहरूको सेवन गर्न सकिन्छ । ज्वार (जुनेलो), चना र गहुँका पिठोको रोटी (मिस्सी रोटी) धेरै उपयोगी हुन्छ । तोरीको तेल अरू तेलहरू (सोयाबीन, बदाम, सूर्यमुखी) सँग प्रयोग गर्नु, खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनु पर्छ र लामो समयसम्म भोको बस्नु हुँदैन । रातो मासुको सेवनपनि बर्जित मानिन्छ । खानाको मात्रा चिकित्सकद्वारा रोगीको वजन र ऊचाईका हिसाबले क्यालोरि गणना गरी निर्धारित गर्नु पर्दछ ।

करेला, दाना मेथी आदिले कतिपय रोगीहरूलाई केही फाइदा हुन सक्छ तर यिनैमा भर परेर औषधीको उपयोग नगर्नु निरर्थक हुन्छ ।
उपचारको दोस्रो उपाय हो व्यायाम– सधैँ लगभग २०देखि ४० मिनेट दौडिनु, पौडि खेल्नु, साइकल कुदाउने आदी गरेर शरीरलाई सन्तुलित बनाउनु पर्दछ । योगाभ्यास पनि उपयोगी हुन्छ। एकदम खाली पेट व्यायाम गर्नु हुँदैन।
भोजनमा उपयुक्त परिवर्तन र व्यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रीत रहन्छ त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ।

मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी

 

Leave A Reply

Your email address will not be published.