दार्चुलाको अपिहिमालमा ४ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा 

धनगढी – दार्चुलाको अपिहिमाल गाउँपालिकामा ४ दिने नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ ।

गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपि अस्पताल धनगढीको संयुक्त आयोजनामा २०८० चैत ३० गतेदेखि २०८१ वैशाख ४ गतेसम्म उक्त शिविर सञ्चालन हुने भएको छ ।

शिविरमा महिला रोग सम्बन्धी विषेश उपचार तथा परामर्श सेवा, दन्त उपचार सेवा र अन्य सामान्य चेकजाँचहरु गरिने जनाइएको छ ।

त्यस्तै आज पहिलो दिन चैत ३० गते अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मा उक्त शिविरको पहिलो दिन सम्पन्न भएको छ ।

आज भएको शिविरमा ४२ पुरुष र ६५ महिला गरि १०७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

आज सम्पन्न भएको उक्त शिविरमा नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य नवीन धामी कार्यक्रम संयोजक रहनुभएको थियोे ।

उक्त शिविर वैशाख २,३ र ४ गते अपिहिमाल गाउँपालिकाका अन्य वडाहरु गरिने जनाइएको छ  ।

Leave A Reply

Your email address will not be published.