केएमसीलाई कृषि विकास बैंकको दश लाख सहयोग

धनगढी। केएमसीको मुख्य प्रवेशद्धार निर्माणका लागि कृषि विकास बैंकले दश लाख सहयोग गरेको छ । आइतबार कैलाली बहुमुखी क्याम्पसको कन्फ्रेन्स हलमा एक औपचारिक कार्यक्रम गर्दै कृषि विकास बैंक लिमिटेड धनगढीले उक्त रकम बराबरको चेक क्याम्पसलाई हस्तान्तरण गरेको हो ।

बैंकका प्रबन्ध निर्देशक यज्ञप्रकाश न्यौपाने र प्रबन्धक अर्जुन प्रसाद ढुंगानाले क्याम्पसका प्रमुख तोयराज भट्टलाई  दश लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तोयराज भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसको गेट निर्माणका लागी सहयोग गर्नुभएकोमा कृषि विकास बैंक धनगढी शाखालाई धन्यावाद ज्ञापन गर्नुभयो ।

“कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउने कृषि विकास बैङ्कको स्थापनाको प्रमुख उद्देश्य हो” । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैङ्क ऐन, २०२४ अन्तर्गत कृषि विकास बैङ्कको स्थापना भएको धनगढी शाखा बैकंका प्रबन्ध निर्देशक यज्ञ प्रकाश न्यौपानेले बताउनु भयो ।

रिपोर्ट सहित

 

 

Leave A Reply

Your email address will not be published.