‘भएर घर राजधानीमा के काम लाग्यो र ?’

न कसैको भरोसा बन्नु छ, न भर बन्नु छ ।

केही नसोची दायाँ बायाँ सरासर बन्नु छ ।

यहाँ कोमल दिल क्षणभरमै टुक्रिदो रहेछ ।

यसर्थ स्वार्थी सहरमा अब पत्थर बन्नु छ ।

घमण्डले नाघ्यो सिमा के काम लाग्यो र ?

एकै छिन सोच कम्तिमा के काम लाग्यो र ?

दुःख पर्दा न त कोही आफ्ना आफन्त छन् ।

भएर घर राजधानीमा के काम लाग्यो र ?

सर्जक : मनोज मनसुन ठकुरी, धनगढी 

Leave A Reply

Your email address will not be published.