धनगढी – धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा शैक्षिक शत्र २०८१ पहिलो दिन पारेर असल अभिभावक उत्प्रेरणा कार्यक्रम गरिएको छ ।
आज शुक्रबार बिहान भएको उत्प्रेरणा कार्यक्रममा अभिभावकले आफ्ना बालबालिकालाई पढाईमा कसरी अगाडि बढाउने र असल नागरिक बनेर समाज र राष्ट्रप्रति कसरी जिम्मेवार बनाउने भन्ने बारेमा जानकारी दिन उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रम बोल्दै चैतन्य पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहँले २०५८ सालमा स्थापना भएको स्कुल २०७९ सालमा चैतन्य पाठशालाको नाम बाट विकास भएको बताउनुभयो ।
फरक स्कुलबाट पाठशाला नाम भैरहँदा एक बर्ष अबधिमा धेरै राम्रो काम गरिएको प्राधानाध्यापक सिहँले जानकारी दिनुभएको छ ।
कार्यक्रम बोल्दै चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले आफ्ना बालबालिकालाई असल बनाउनमा अभिभावकको पहिलो भूमिका रहेको बताउनुभयो ।