स्थानीय तहका सुचनामा युवाको पहुँच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी।एकाउन्टबिलिटील्याब नेपालको आयोजनामा स्थानीय तहका सुचनामा युवाको पहुँच अन्तरक्रिया कार्यक्रम सम्पन्न  छ। सुचनामा युवाको पहुँच, सुचना माग्ने तरिका र युवा स्वयंको भूमिकाको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।

आइतबार बिहान ८ बजे देखि होटेल डिभोटिमा सञ्चालन भएको कार्यक्रममा स्थानिय तहले युवाको क्षेत्रमा गरीरहेका कार्यक्रम, गर्नु पर्ने विभिन्न कामकारबाही , युवाको रोजगारीको अवस्था, लागुऔषध नियन्त्रणका बारेमा र समग्र युवाको विकासका लागि एकाउन्टबिलिटील्याब र स्थानीयहरुले गरीरहेका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा एकाउन्टबिलिटील्याबका पदाधिकारी, धनगढी उपमहानगरपालिकाका उप-प्रमुख कन्दकला कुमारी राना , सुचना अधिकारी सुरेन्द्र कार्की लगायतका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीका साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुले आ- आफ्ना विभिन्न गुनासा हरु राख्नु भएकाे थियो ।

Leave A Reply

Your email address will not be published.