धनगढी – घनगढीको कैलाली बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् क्याम्पस ईकाइद्धारा वत्तृत्वकला प्रतियोगिता गरिएको छ ।
आज मंगलबार क्याम्पसको सेमिनार हलमा गरिएको उक्त प्रतियोगितामा प्रविन चन्द प्रथम हुनुभएको छ ।
त्यस्तै विनोद जोशी दोस्रो हुनुभएको छ भने बमबहादुर विसिले तेस्रो स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा दशरथ भट्टले सान्तोना स्थान प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशी, उप–प्राध्यापक बासुदेव बिष्ट र उप–प्राध्यापक टेकेन्द्र देउवा निर्णायकमा रहनुभएको थियो ।
प्राज्ञिक विद्यार्थी परिषद्, सुदूरपश्चिम प्रदेशका मिडिया प्रमुख लबदेव धामी कार्यक्रम संयोजक रहनुभएको थियो ।
प्रतियोगितामा स्ववियु अध्यक्ष यमराज जोशी र सचिव सन्तोष पन्तको उपस्तिथि रहेको थियो । दश जना सहभागी रहेको उक्त प्रतियोगितामा क्याम्पसमा अध्ययनरत विद्यार्थीको उपस्तिथि रहेको थियो ।