प्रथम वडा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा पटेला विजयी

धनगढी । प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पटेला स्मार्ट क्लबले विजयी सुरुवात गरेको छ । कालिका स्पोट्स क्लबको आयोजनामा  शनिबार भएको खेलमा पटेलाले जाखौर बाबा युवा क्लबलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

मनेहरास्थित कालिका खेल मैदानमा भएको खेलको पहिलो हाफमा जाखौर युवा क्लबले गोल गर्दै अग्रता कायम गरेको थियो । जाखौर क्लबका लागि सन्तोष चौधरीले गोल गरेका थिए ।

जाखौर विरुद्ध पटेलाका रंगोल चौधरीले खेलको दास्रो हाफमा गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए ।

निर्धारित समयमा खेल १–१ गोल भएपछि ट्राइब्रेकरमा धकेलिएको थियो । जसमा पटेलाले ४–३ अन्तरले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

शबिारबाट सुरु भएको प्रतियोगिताको २९ गतेसम्म चल्नेछ । प्रतियाेगितामा १६ वटा टिम सहभागि छन् ।

४ लाखभन्दा बढी खर्च अनुमान रहेकाे प्रतियोगिताको विजेता टोलीले ६० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार नगद प्रदान गर्ने प्रतियोगिता व्यवस्थापक प्रकाश ओझाले बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोती राना थारु प्रमुख अतिथि रहनुभएको थियो । ‘युवालाई खेलप्रति आकर्षण बढाउने उदेश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो, सक्रिय सहभागिताका लागि सबै सहभागि टोलीलाई धन्यवाद,’ अध्यक्ष रानाले भन्नुभयो, ‘यो प्रतियोगितालाई आगामि दिनमा अझ भव्य बनोस् शुभकामना ।’

कार्यक्रमको सभाअध्यक्षका रुपमा कालिका युवा क्लबका कार्यबाहक अध्यक्ष वसन्त गिरी रहनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.