अनेरास्ववियु केएमसीद्वारा दुई दिने उद्घोषण तालिम सम्पन्न

धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु केएमसीले आयोजना गरेको २ दिने नेतृत्व विकास, व्यक्तित्व विकास र उद्घोषण तालिम सम्पन्न गरिएको छ ।
वैशाख २१ र २२ गते कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा आयोजना गरिएको उक्त तालिममा प्रशिक्षक तथा सञ्चारकर्मी गिरिजा प्रसाद पनेरूले प्रशिक्षण गराउँनुभएको हो ।
कार्यक्रम निक्कै फलदायी भएको र आगामी दिनमा आफूहरूले सहजै कुनै पनी कार्यक्रम सञ्चालन गर्न सक्ने प्रशिक्षार्थीहरुले बताएका छन् ।
३० जना सहभागी रहेकोे उक्त तालिम अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष पूर्णराज जैशीको सभाध्यक्षमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अनेरास्ववियुका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम संयोजक किरण प्रकास उपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रममा केशव सिंह धामीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
त्यस्तै केएमसीका स्ववियु अध्यक्ष यमराज जोशी र अनेरास्ववियु केन्द्रीय अनुशासन आयोग सदस्य कमल न्यौपानेको विशिष्ट आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले अनेरास्ववियु केएमसीले गरेको कार्यक्रमले प्रशिक्षार्थीहरुलाई राम्रो प्रभाव पार्न सफल भएको बताउनुभयो । त्यस्तै कमिटीले सिर्जनात्मक कार्यमा लागिरहनुपर्ने उहाँले बताउनुभयो ।
क्याम्पस कमिटी अध्यक्ष पूर्णराज जैशीले कार्यक्रम समापन गर्दै विद्यार्थीका लागि शैक्षिक र सिर्जनात्मक कार्यक्रम गर्न आफ्नो कमिटी सधैं सक्रिय रहने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.