आमाको माया कसैसँग तुलना हुँदैन,मातातीर्थ औंसीको सम्पूर्ण महान् आमाहरूलाई शुभकामना

धनगढी।आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो। सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा पनि साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो ।
एउटा सन्तानलाई जन्म दिंदै गर्दा हजारौं कोषिका चुँडिएको कठोर पीडालाई सन्तानको पहिलो मधुर चिच्याहटमा आमाले सजिलै भुलिदिन्छिन्। आफूले भोगेका हरेक पीडालाई कठोरताका साथ सहन गर्न सक्ने भएकै कारणले गर्दा ईश्वरीय वरदान, स्वर्गीय आनन्द र सन्तान उत्पादन गर्ने क्षमता भगवानले आमालाई नै सुम्पिएका होलान्।
आमाको लामो प्रसव युद्धपछि मेरो जन्म त हुन्छ तर मलाई जन्माएको केही समयमा आमाको स्वास्थ्यमा खराबी देखिन थाल्छ।

यता प्रसव पीडा त छँदैछ। आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रह्मनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ ।
आमाको माया कसैसँग तुलना हुँदैन। घरमा जति नै सदस्य संख्या भए पनि मनै त हो तन-मन र आँखाले आमा खोज्छआमाको नाममा जोडिएका बगरका ढुङ्गा त देउता हुन्छन् भने आमालाई जोडेर आएको औंसीको महत्व नहुने त कुरै भएन। आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्क्तिकारको सलाम छ।

पुनः एकपटक मातातीर्थ औंसीको सम्पूर्ण महान् आमाहरू, आमा शब्दप्रति, आमाप्रति, आमाको स्नेहप्रति र सिङ्गो आमाको स्वरूपप्रति आभारसँगै नमन अनि शुभकामना। फेरी अर्को जन्म मेरै आमाको कोखबाट लामो समय सँगै रहन मिल्ने गरी जन्म लिन पाऊँ ।
आकाश खड्का
कैलाली बहुमुखी क्याम्पस कानुन संकाय छैटौं सेमेस्टर अध्यनरत 
घर डोटी हाल धनगढी

Leave A Reply

Your email address will not be published.