कविता : आमा

सानै उमेरमा बिहे भयो मेरि आमाको
बुवा पनि सोझै थिए थिएनन् चनाखो
साथ दिन माइतीघर बस्थिन् साथै पोइलि घर
पोइलि घर बस्नु भनी गर्दैन थिए कोहि कर ।

त्यसरि नै ढल्किदै थिए दिन थिएन कुनै आपत्ति
हजुर आमा बितिन् मावलमा पर्याे आमाको बिपत्ति
नयाँ घरमा सासु ससुरा राम्ररी चिनेकि थिइन
रोइन कराइन आमा भगवानले दुःख दियो किन ।

छाक टार्नै मुस्किल पर्ने सारै लाग्दथ्यो भोक
रातदिन आमा सम्झि रुदा लाग्यो मानसिक रोग
कुरा गरौं अति छ यहाँ गरौं म कुन तिथिको
त्यहि पिरमा खुसी भइ आमाले जन्म दियो दिदिको।

बुवा कमाउन छाक टार्न भनि जान्थे सधै बाहिर
लेखान्तमा दुःख लेखेको कहाँ जान्थ्यो आखिर
दुई बर्षे थिइन् दिदी पोलिइन खेल्दा आगोमा
रोइन् कराइन् आमा सुख थिएन कुनै हागोँमा ।

अलि अलि सञ्चो भयो राखि कोराको काप्रोमा
काम गरि खानै भनी सरिन आमा लेकको छाप्रोमा
चुहिने थियो छाप्रो सारै भित्ता बादरले खनेको
के काम गर्छे भनी समाजले हेपाइमा गनेको ।

टालटुल पारि त्यहि छाप्रो लाई केही बर्ष बिताई
आँट लिई र पो हारेको भाग्य लाई आफैले जिताइ
साथ थिएन कहिले कुनै आमालाइ घर परिवारको
विश्वास लाग्ने थिएन समाजलाइ कुनै घरबारको ।

जन्म दिइन आमाले हामी चार भाई बहिनिलाई
हामी अघाएसी खान्थि रोटि पानीमा महि मिलाई
बुबा कमाइ गर्थे बाहिर बालुवा गिट्टी चालेर
आमा घर खर्च चलाउथिन् भैंसी पालेर ।

अघि बढिन् मेरि आमा मुटुमा ढुङ्गा राखेर
हाम्रा लागि भगवान हुन आमा बुवा आखिर
पार गरिन् आधा जीवन सारै दुख काटेर
काट्दै छिन आधा अझै दुःख सुख साटेर ।

Leave A Reply

Your email address will not be published.