प्रलेस कैलालीको आयाेजनामा साहित्यकार दिपिका विवशकाे श्रद्धाञ्जली सभा सम्पन्न

धनगढी – प्रलेस कैलालीको आयाेजनामा साहित्यकार,शिक्षक दिपिका विवशकाे श्रद्धाञ्जली सभा धनगढीकाे बैयाँबेहणीमा सम्पन्न भएको छ।

प्रलेस कैलाली जिल्ला इन्चार्ज काेपिला शर्मा “कल्प”काे अध्यक्षतामा आयाेजित सभामा साहित्यकारहरू प्रलेस केन्द्रीय सदश्य तिलक सिंह, प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मितबन्धु, केन्द्रीय परिषद सदश्य जगदीश ओझा,कल्याण ओझा,  निवर्तमान प्रलेस केन्द्रीय सचिव बाबुराम आचार्य, प्रदेश सदश्य प्रेम प्रकाश कलाैनी, साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डे, नेपाली लेखक संघका अध्यक्ष गणेश नेपाली, जयदेव भट्ट, यज्ञराज भट्ट, केशवनाथ याेगी,फाल्गुना दाहाल, अञ्जना मास्के , हुकुम साउँत,दिपक बहादुर सिंह,दशरथ धामी , जगत प्रसाद जाेशी,अमर खड्का  लगायतका साहित्यकार ,शिक्षक, राजनीतिकर्मी व्यक्तिहरूले पुष्प गुच्छा सहित रचनाबाट श्रद्धाञ्जली अर्पण गर्नुभयो।

कार्यक्रममा बाेल्दै बाबुराम आचार्यले उहाँकाे बारेमा प्रकाश पार्नुभएकाे थियो भने जगदीश ओझाले गुगिल्ड बाङ्गमय मासिक पत्रीका दिपिकाजीकाे श्रद्धाञ्जली विशेसाङ्क प्रकाशन गर्ने र काेपिला शर्माले आयाम दाेस्राे अंक श्रद्धाञ्जली विशेषाङ्क प्रकाशित गर्ने बताउनुभयो। प्रलेस कैलालीकाे अध्यक्ष रहनुभएकी विवश जनता मावि कैलालीगाउँमा अध्यापनरत हुनुहुन्थ्यो ।
काराेनाकालमा हाेस्टेलबाट निकालिएका विद्यार्थीकाे उद्दारमा पत्रकारीकामार्फत महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै गणेश र तिर्थराज पाण्डेले उहाँ बहुआयामिक र समाजेवी पनि रहेको चर्चा गर्नुभयो।

श्रद्धाञ्जली सभापछि बसेकाे प्रलेसकाे वैठकले ओम प्रकाश पुनको संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन समितिकाे चयन गरेको छ। जसको सचिव तेजराज कापडी र सदश्यहरूमा अञ्जना मास्के, दिपक सिंह, लक्ष्युमण बयलकाेटी, काेपिला अवस्थी, उर्मिला न्याैपाने,दशरथ धामी, दशरथ भट्ट रहनुभएकाे छ।

Leave A Reply

Your email address will not be published.