धनगढी ।
कुनै यादलाई खोला तार्नुपर्छ खुसी हुनलाई
केहि आशाहरु मार्नुपर्छ खुसी हुनलाई ।
अरु त आवश्यकता अनुसार, उचाल्छन गिराउँछन् ,
तर, हामीले आफैलाई निखार्नुपर्छ खुसी हुनलाई ।
काँडा पो हो त बोटमै उम्रिन्छ आफै तिखो हुन्छ,
हामीले त सियो झै जीवन तिखार्नुपर्छ खुसी हुनलाई ।
तिमि आफु भित्रका आशा नमार्नु मन नबिगार्नु कहिल्यै,
अरु भित्रभित्रै सोच्छन त्यसलाई बिगार्नुपर्छ खुसी हुनलाई ।
कोहि होलान् तिमि बिग्रेको, भत्केको हेर्न रुचाउने
तिमिले आफै जीवन सिँगार्नुपर्छ खुसी हुनलाई ।
खुसी र सम्बन्ध आफैमा फरक -फरक कुरा हुन,
तर कुनै बेला सम्बन्ध नै बिगार्नुपर्छ खुसी हुनलाई ।।
– करिश्मा सिंह, (बिए.एल.एल.बी)
कैलाली बहुमुखी क्याम्पस, धनगढी ।