ग्यालेक्सी कलेज र कुसम फाईनान्स क्लबको आयोजनामा “स्टकपिचिङ” कम्पिटिसन (रिपोर्ट)

धनगढी । स्टक मार्केटमा कसरी लगानी गर्ने भनेर कम्पनी छनौटका आधारहरु केलाउन “स्टकपिचिङ” कम्पिटिसन काठमाण्डौँ बाहिरका लागि नयाँ अवधारणा हो ।

सोमबार धनगढी स्थीत ग्यालेक्सी मल्टीपल कलेज र काठमाण्डौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसम) फाईनान्स क्लबको आयोजनामा विद्यार्थीहरुबिच “स्टकपिचिङ” कम्पिटिसन आयोजना गरिएको छ ।

काठमाण्डौँ विश्वविद्यलय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुको समुह हो (कुसम) फाईनान्स क्लब । जसले वित्तिय साक्षरता अभिवृद्धि, स्टक मार्केट, डेडिकेटेड मार्केट, प्राईभेट ईक्विटी, लगानी लगानी लगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्दछ।

कुसम फाईनान्स क्लबका संयोजक प्रशान्त महर्जन वित्तिय बजारको ज्ञान अभिवृदि गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुहुन्छ ।

“स्टकपिचिङ” कम्पिटिसन काठमाण्डौँ उपत्यका भित्र मात्र सिमित थियो तर यसलाई राष्ट्रिय स्तरको बनाउनुपर्छ, जसमा सहभागिहरुले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत स्कहरु मध्ये कुन कम्पनी कसरी लगानी गर्न उपयुक्त छ भनेर आफ्नो विश्लेषणत्मक तक प्रदान गर्नुपर्ने हुन्छ, यो त्यही सिकाईको अवसर हो” उहाँले भन्नुभयो,“त्यतिमात्र नभएर समग्र वित्त र व्यवसायको अवधारणा बुझाउने उदेश्यका साथ यो कार्यक्रम अगाडी बढाएका हौँ”

त्यसैगरी, क्लबका सह–संयोजक सौरभ जोशीले युवाहरुमा तर्किक क्षमताको विकास गर्नु यस कार्यक्रमको मुख्य ध्येय रहेको बताउनु भयो ।

“सहभागीहरुले वित्त क्षेत्र र खास गरी स्टक मार्केटमा भएका निति नियमहरको सान्दर्भिकता र मार्केटको नियमन सम्बन्धि सुझाव प्रस्तुत गर्नुहुन्छ, जसले स्टक मार्केटलाई विकास गर्न सकिन्छ” उहाँले भन्नुभयो,“ त्योसंगै उपत्यका र त्यस बाहिरका विद्यार्थीहरुको बिचमा वित्तिय ज्ञानको ठुलो अन्तर छ, त्यसलाई पुर्ति गर्न सतै प्रदेशका प्रतिस्पर्धीहरुलाई प्रेरणा दिईरहेका छौँ र विद्यार्थीहरुको सहभगिता पनि राम्रो छ”

ग्यालेक्सी मल्टिपल कलेजका अनुसन्धान व्यवस्थापक दिनेश पौडेल यस्ता खलका कार्यक्रमले विद्यार्थीहरुलाई स्टक मार्केटमा लगानी गर्दा ध्यान दिनुपर्ने आधारभुत कुराहरु र विभिन्न चरहरुलाई विश्लेषण गर्नेबारे ज्ञान दिने बताउनुहुन्छ ।

“सानो रकम लगानी गरे पनि भविष्यमा राम्रो प्रतिफल प्राप्त हँदो रहेछ भन्ने लगानीको वातावरण पनि विद्यार्थीहरुमा सिर्जना ले गर्छ, उहाँले भन्नुभयो” साथै अभिभावकबाट प्रप्त भएको स–सानो रकमलाई पनि बचत गरेर लगानीमा परिवर्तन गर्न यस कार्यक्रमले सघाउने उहाँको भनाई छ ।

वित्तिय तथा डिजिटल साक्षरता अभिवृद्धि र स्टक मार्केटमा लगानीका विभिन्न आयामबारे जानकारी गराउनुका सथै बचत र लगानी जस्ता आर्थिक समृद्धिका आधारभुत तत्वहरुमा विद्यार्थीहरुको संलग्नता बढाउने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । जसमा प्रतियोगिताका विजेतालाई नगद पाँच हजार रुपैया सहित ट्रफी, र अन्य सहभागीहरुलाई मेडल र प्रमाणपत्र समेत वितरण गरियो ।

स्टक मार्केटमा नयाँ प्रवेश गर्ने लगानीकर्ताहरुलाई कुन तरिकाले कम्पनी छनौट गर्ने भन्नेबारे आधारभूत ज्ञान हाँसिल गर्न कार्यक्रम एकदमै उपयोगी रहेको विजेता समुह ‘द स्टक आर्टिष्ट’ का सहभागी युवराज भट्टले बताउनुभयो । उक्त समुहमा कैलाली बहुमुखी क्याम्पसका तर्फबाट सुरेश चुनारा, दिक्षित पन्त र सुशील बिष्ट पनि सहभागी रहेका थिए ।

त्यस्तै नेपाल वेस्टर्न एकेडेमीका तर्फबाट ‘युनिक टिम’ फस्ट रनर अप हुन सफल भयो जसमा शुसील चौधरी।, रेश्मा रावल, आयुशा खड्का र दिक्षा कुमारी साउद सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड ईन्जिनियरिङ कलेजका तर्फबाट ‘ट्रेडिङ टाईटन्स’ टिमले तेस्रो स्थान हाँसिल गर्यो । जसमा शितल अवस्थी, दिक्षा उप्रती, शैलेश जोशी, चन्द्रा कुमारी जोशी, भावना भट्टराई र सुरेशराज जोशीको सहभागिता रहेको थियो । यस्तै ऐश्वर्य बहुमुखी क्याम्पसका तर्फबाट ‘द आईडिया पेर्नर’मा सुवेक्षा दहालको एकल सहभागिता रहेको थियो ।

कार्यक्रममा ग्लोबल आईएमई बैङ्कका तर्फबाट वित्तिय र डिजिटल सक्षरता सम्बन्धि सत्र पनि सञ्चालन गरिएको थियो । धनगढीका चारओटा कलेजबाट १५ जना प्रतिस्पर्धि सहित उक्त कार्यक्रममा झण्डै ६० जनाको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.