उदयदेव सहकारीद्धारा निःशुल्क आँखा जाँच शिविर : दुई सय जना लाभान्वित 

धनगढी – उदयदेव बहुउदेश्यीय सहकारीले जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

शनिबार महेन्द्रनगरमा नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो ।

शिविरमा ६५ वर्षभन्दा बढी उमेरका दुई सय जनाको आँखा परिक्षण भएको छ ।

शिविरमा आँखा जाँच गराएकाहरु मध्य आवश्यक परेकाहरुलाई  औषधी पनि सहकारीले नै उपलव्ध गराएको उदयदेव बहुउदेश्यीय  सहकारीका कार्यकारी प्रमुख गणेश बहादुर चन्दले बताउनुभयो ।

त्यस्तै चश्मा र अप्रेशन गर्नुपर्ने तर, आर्थिक रुपमा कमजोर रहेकालाई  सहकारी सहयोग गर्ने उहाँले बताउनुभयो ।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले बित्तीय सेवा दिँदै आइरहेको र संस्थाले यस्तै सामाजिक क्षेत्रमा पनि सेवा दिने गरेको कर्मचारी जगदीश भट्टले बताउनुभयो ।

सहकारीले २६ वर्षसम्म नमुना सहकारीका रुपमा आफ्नै छुट्टै पहिचान कमाउन सफल भएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.