धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र गोरखापत्र संस्थानको आयोजनामा जेठ १५ गतेदेखि फोटो प्रदर्शनी सुरु भएको थियोे ।
प्रदर्शनीमा आज बुधबार कैलाली बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले पनि अवलोकन गरेका छन ।
गोरखापत्रले सङ्कलन गरेको विभिन्न कालखण्डका फोटोहरू प्रदर्शनीमा समावेश गरिएको छ । फोटो प्रदर्शनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभा हलमा जेठ १७ गतेसम्म हुनेछ ।
तस्बीरहरुः