शिक्षा शास्त्र संकायद्वारा आयोजित तीन दिने अनुसन्धानात्म कार्यशाला सम्पन्न

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायद्वारा आयोजित तीन दिने अनुसन्धानात्म कार्यशाला सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या विषय अध्ययनरत विद्याथीहरु र सुदुरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुको सहभागितामा विद्यार्थीहरुलाई अनुसन्धानात्मक क्रियाक्लापमा संलग्न गराउने र स्वास्थ्य तथा जनसंख्या शिक्षामा अनुसन्धानको संस्कृति र प्रचलनबारे पुनर्ताजगी कार्यशाला मंगलबारबाट आयोजना गरिएको थियो ।

उक्त कार्यशालाबाट अनुसन्धानको अवधारणा र शैक्षिक पद्दतीबारे विद्यार्थीहरुलाई सहज रुपमा बुझ्न मद्दत पुगेको शिक्षा शास्त्र संकायका विभागिय प्रमुख सह–प्राध्यापक डा.प्रयागराज जोशीले बताउनुभयो ।स्नातक र स्नातकोत्ततर तहमा अध्ययनरत विद्यार्थीहरुमा अनुसन्धान गर्ने र पेपर प्रकाशित गर्ने संस्कारको विकास गर्ने सुरुवात भएको उहाँको भनाई छ ।

त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक डा.ठाकुर प्रसाद ढुङ्गेलले अनुसन्धानमा गरिने खर्चलाई उत्पादनशील लगानीका रुपमा बुझ्नुपर्ने बताउनुभयो । क्याम्पसमा पनि विषय केन्द्रित भएर अनुसन्धान गर्ने परम्परालाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।

त्यस्तै सुदुरपश्चिम विश्विद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डा. दमन बहादुर चलाउनेले अनुसन्धानलाई प्राथमिकता दिएर काम गर्न खोजे पनि विश्विद्यालयसंग पर्याप्त मात्रामा बजेट नहुँदा अन्यौलता बढेको बताउनुभयो । यद्दपी अनुसन्धानात्मक संस्कृतिको विकास गर्ने अभ्यासलाई अनलाईन माध्याबाट भएपनि पनि प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

Leave A Reply

Your email address will not be published.