धनगढी । सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत स्नातक तह विज्ञान संकायको पाठ्यक्रम सुधार गर्न आयोजना गरिएको तीन दिने कार्यशाला सम्पन्न भएको छ ।
शुक्रबारदेखि कैलाली बहुमुखी क्याम्पसमा अयोजना गरिएको उक्त कार्यक्रममा प्रथम सेमेस्ट र देखि आठौँ सेमेष्टरसम्म सेलेबसमा भएका सुधार गर्नुपर्ने पक्षमाथि गहन छलफल गरिएको छ । त्यसपश्चात विषयविज्ञ र प्राध्यापकहरुको सुझावका आधारमा निकालेको निष्कर्ष डीनको कार्यालयमा प्रस्तुत गरि पठ्यक्रम सुधार गरिने छ ।
उक्त कार्यक्रमले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकूल बनाउन र एकरुपता कायम गर्दै नतिजा सुधारमा सघाउने सुदुरपश्चिम विश्वविद्यलयका उपकूलपति प्रध्यापक डा. हेमराज पन्तले बताउनुभयो । अबका दिनमा हरेक संकायहरुलाई अनुसन्धानमुखी बनाउन जोड दिने उहाँले बताउनुभयो ।
यसैगरी सुदुरपश्चिम विश्वविद्यालयकी परिक्षा नियन्त्रक अनुराधा रोकायाले विश्वविद्यालयको शैक्षिक प्रणलीमा प्रावकारी मुल्याङ्कनका अभ्यासबारेकोे प्रस्तुतिकरणमा पठनपाठन र मुल्याङ्कनबारे प्राध्यपकहरुले पनि आन्तरिक रुपमा पर्याप्त तयारी गर्नुपर्नेमा जोड दिनुभयो । व्यवस्थित आन्तरिक मुल्याङ्कन पद्दतीले सत्रान्त परिक्षाको नतिजामा समेत महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।