धनगढी । संग्रहालयहरू हाम्रो सांस्कृतिक सम्पदा, इतिहास र ज्ञानकासंरक्षक हुन् र तिनीमा राखेका कलाकृतिहरूले हाम्रो स्थान परिभाषित गर्न मद्दत गर्दछ ।
त्यति मात्र होइन संग्रहालयहरू अतीत, वर्तमान र भविष्य बीचको पुल पनि हुन् । संग्रहालयलाई शिक्षा, प्रेरणा र संवादका प्रमुख स्थलहरु पनि मान्न सकिन्छ । सामाजिक सद्भाव र सामूहिक संदर्भहरुमा तिनीहरुले महत्वपूर्ण भूमिका खेल्छन् । त्यति मात्र होइन उद्योग र वास्तुकला, सहरी योजना, साँस्कृतिक चिन्तन तथा पर्यटनसँग सम्बन्धित विविध पेशाका लागि आर्थिक केन्द्रका रुपमा तिनीहरु सँस्कृति र दिगो विकासको सम्बन्धलाई पूर्णरुपले प्रतिनिधित्व स्थलहरु हुन् ।
साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्वका सामाग्रीहरु संकलन र संरक्षण गरि विद्यार्थीहरुबिच परिचित गराउने उद्धेश्यले सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको २ लाख आर्थिक सहयोगमा स्वतन्त्र विद्यर्थी युनियनले कैलाली बहुमुखी क्याम्पसमा स्ववियु साँस्कृतिक संग्रहालयको स्थापना गरेको छ।
सोमबार एक कार्यक्रमकाबिच प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टि.एन. जोशीद्वारा उक्त संग्रहालयको समुद्घाटन गरिएको हो । विद्यार्थीहरुलाई सँस्कृतिको सामिप्यतासंग जोड्नका निम्ति स्ववियुले यसको सुरुवात गरेको स्ववियु सभापति यमराज जोशीले बताउनुभयो।
संग्रहालयको संरक्षण र प्रवद्र्धनका लागि विद्यार्थीहरुले पनि आफ्नो कलाकृति उपलव्ध गराउन सक्ने उहाँले बताउनुभएको छ ।
यसैगरी सुदुरपश्चि प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टि.एन.जोशी ले संग्रहालयको थप विकासका प्रदेश सरकारको तर्फबाट भरपूर सहयोग उपलव्ध गराउने वताउनुभयो । स्ववियूका तर्फबाट भईरहेका व्यक्तित्व विकासका कार्यको प्रशंसा गर्दै सकारात्मक सोच सहितको नेतृत्वलाई साथ दनिुपर्ने उहाँको भनाई छ ।
यस्तै कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक डा.लोक बहादुर बिष्टले सुदुरपश्मिलाई चिनाउने स्ववियुको उक्त कार्य सरहानिय रहेको बताउनुभयो । साथै विद्यार्थीहरुको सिप दक्षता अभिवृद्धि र गुणस्तरिय शिक्षा तथा रोजगारी सिर्जनाका लागि क्याम्पस अग्रसर रहेको उहाँको भनाई छ ।
वास्तवमा संग्रहालय सार्वजनिक जनचासोका ऐतिहासिक, महत्वपूर्ण र शिक्षाप्रद सामाग्रीहरुलाई संग्रह गरेर राखिने ज्ञानको थलो हो, कैलाली बहुमुखी क्याम्पसको श्रीवृद्धिका निम्ति यो प्रज्ञा प्रतिष्ठान, क्याम्पस र स्ववियुको सरहानिय कार्य हो । यो बुझाइलाई व्यापक बनाउन संग्राहलय सम्बन्धि पैरवी गर्दै सघन रुपले अघि बढ्नु आवश्यक छ ।