श्रमाधान रोजगार मेला आइतबारदेखि सुरु हुने

धनगढी ।धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ ।

जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सघं सस्थांहरुको सयोजनमा आईतवारदेखि कैलालीको धनगढी स्थित ओम प्यालेसमा मेला हुन लागेको हो ।
मेलाको विषयमा जानकारी गराउन शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव बसन्त बोहोराले राेजगारकाे खोजीमा रहेका व्यक्तिहरूलाई रोजगारदातासम्म पुर्‍याउने श्रमदान रोजगार मेलाको महत्त्वपूर्ण उद्देश्य रहेको बताउनु भयाे। ‘मेलाले रोजगारीका अवसरहरु सिर्जना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा आफु विश्वस्त रहेकाे उहाँले बताउनु भयाे ।

त्यस्तै, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताउनु भयाे। नागरिकलाई प्रदेशिनबाट राेक्न,आफ्ना उद्योग धन्दालाई सहि ढंगले चलाउनकाे लागि सबैकाे हात हुनु पर्ने पाठकले बताउन भयाे । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढी जनालाई रोजगारी अवसर प्रदान गरिने बताउनु भयाे।

हालसम्म मेलामा ३५ वटा नीजि क्षेत्रका स्टलहरु रहेका छन्। ३५ स्टलहरु बुक भैसकेको र थप स्टलहरु बुक हुने क्रममा रहेको श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले बताउनु भयाे ।मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

Leave A Reply

Your email address will not be published.