धनगढी -१२ जुगेडा स्थित कुखुरा फार्ममा आगलागी

धनगढी । धनगढीमा आगलागी हुँदा दुईओटा  कुखुरा फार्म जलेर नष्ट भएका छन् ।

धनगढी उप–महानगरपालिका वडा नं. १२ स्थित जुगेडा ‘डी’ गाउँका स्थानीय किसान गगन खत्रीको कुुखुरा फार्ममा आगलागी भएको हो ।

स्थानीय आयुष्मा पन्तले दिनुभएको जानकारी अनुसार बेलुकी ४ बजेतिर आगलागी भएको र प्रहरी, स्थानीय तथा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ ।

सम्बन्धित किसान गगन खत्रीले १२ सय र २ हजार कुखुरा अट्ने क्षमताका दुईवटा कुखुरा फार्ममा आगो लागेको जानकारी दिनुभयो ।

“कुखुरा आज आउनेवाला थियो तर आईनपुगेकाले बचिहाल्यो, तर भित्र राखेका पम्पहरु, फ्यानहरु, औषधी, भाँडाकुँडा लगायत सबै सामानहरु जलेर नष्ट भयो, केहि पनि रहेन” उहाँले भन्नुभयो ।

७ लाख लगानीको काठको खोर र ४ लाख लगानीको ट्रसले निर्माण गरेको खोर तथा भित्र राखेका सामान सहित अनुमानित २ लाख गरि झण्डै १३ लाख बराबरको क्षति भएको उहाँले बताउनु भएको छ ।

आगलागीको कारण थाहा नभएको र प्रहरीले मुचुल्का तयार पारिरहेको उहाँले जानकारी दिनुभयो ।

तस्बीर स्रोतः आयुष्मा पन्त

 

 

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.