धनगढीको जाखौर ताल चोकमा नि:शुल्क चिसो पानी वितरण गरिँदै 

धनगढी – आज धनगढीको जाखौर ताल चोकमा नि:शुल्क चिसो पानी वितरण गरिँदै छ ।

बेहडाबाबा मन्दिरमा  लागेको गंगादशहरा मेलामा दर्शन गर्न आउने भक्तजनका लागि कैलाली वितरक संघ, धनगढी र दुर्गा ट्रेड कन्सर्न, धनगढीको आयोजनामा उक्त पानी वितरण गरिन लागिएको हो ।

आज बिहान देखि सञ्चालन भएको नि:शुल्क पानी वितरण साँझसम्म रहने कैलाली वितरक संघका अध्यक्षले सिद्धराज पनेरूले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.