बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

धनगढी। धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आइतबार बिहानैदेखि घुइँचो लागेको छ ।
जेष्ठ शुक्ल दशमी गङ्गा दशहराको अवसरमा पूजाआजा गर्ने दर्शनार्थीकोआइतबार भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको छ । मन्दिरमा पूजाआजा गर्ने र मेला भर्नेको घुइँचो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालीसहित भारतीय दर्शनार्थी भक्तजन पूजाआजाका लागि आउनेक्रम चलिरहेको छ । प्रसिद्ध यस मन्दिरको दर्शन र पूजाआजाका लागि नेपाल, भारत दुवै देशका श्रद्धालुहरु आउने गरेका छन् ।
बेहडाबाबामा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालमा भक्तजनको भिड हुने गर्दछ । यसैगरी, साउन महिनाको सबै सोमबार भक्तजन आउने गरेको समितिका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.