जम्मु कस्मिर यात्रालाई फर्केर हेर्दा : जीवनमा यस्ताे गल्ती कहिल्यै नगर्ने प्रण गरेँ…

      आज २०८१ साउन ११ गते पञ्चमी तिथि । ३६ वर्षपछि जम्मु कस्मिरकाे यात्रा सम्झदा आङ सिरिङ हुदैछ, नयाँ जाेसजाँगर पलाउदै छ । मैले गरेका उपलब्धिहरूकाे विश्लेषण गर्दैछु ।  २०४५ साल मंसिर महिनातिरकाे कुरा हाे । दार्चुला जिल्लाकाे जाैलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाङ्कन गरेकाे छ। जाैलजिबी वारिपारि प्रत्येक वर्ष मंसिर -१ गते देखि १०/१२ गते सम्म ठुलाे मेला लाग्ने गर्दछ । उक्त मेला भर्न हाम्राे नेपालकाे तर्फबाट जुम्लाबाट सयाैंकाे सङ्ख्यामा घाेडाहरु जान्छन । भारतका  टाढा टाढाका विभिन्न शहरबाट आएका भारतीयहरु घाेडाहरूकाे माेल माेलाई गरी घाेडाहरुकाे किनबेच गरिन्छ । जाैलजिबी मेला दार्चुलाबासीका लागि ठुलाे पर्वकाे रुपमा लिइन्छ । भारतमा पनि मुम्बई, दिल्ली, मथुरा, आगरा, अल्माेडा, हल्द्वानी, मेरठ, नैनीताल, टनकपुर  लगायतका विभिन्न ठाउँबाट प्रत्येक बर्ष व्यापारीहरू मेला भर्न आउने गर्दछन् ।
               जाैलजिबी मेलाकाे बारेमा चित्रण गर्दै गर्दा उक्त ठाउँकाे परिदृश्यकाे बारेमा वर्णन गर्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ। जाैलजिबी दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर -७ मा महाकाली नदीकाे किनारमा अवस्थित रमणीय ठाउँ हाे । अहिले सडक बाटाे घाटाे यातायाकाे सुबिधा आदिले गर्दा व्यापार व्ययावसायमा गति लिन नसके पनि पहिलेकाे भने व्यापारिक नाका नै हाे । महाकाली नदीकाे पारी भारतमा पनि जाैलजिबी रहेकाे छ । उक्त ठाउँ महाकाली नदी र गाेरी गंगा नदीकाे संगम दाेभानमा अवस्थित छ । महाकाली नदीमा भारत नेपाल जाेड्ने झाेलुङ्गे पुल रहेकाे छ । मेराे जानकारी अनुुसार थाेरै कुराहरू जाैलजिबी मेलाकाेबारेमा बर्णनगर्नु सान्दर्भिक हाेला जस्ताे   देखिन्छ ।
जाैलजिबी मेला !!!
                २० औं शताब्दिकाे सुरुवात सन १९१४ मा भारत अस्काेटका पाल रजा गजेन्द्र बहादुर पालले जाैलजिबी मेलाकाे सुरुवात गरेका हुन् । त्यति बेला जाैलजिबी अति नै दुर्गम क्षेत्र थियाे । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्माेडा वा टनकपुर जाने गर्दथे । मानिसहरूकाे दु:ख कष्टलाई ध्यानमा राखेर वर्षभरीकाेलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लाे मल्लाे अस्काेटकाे केन्द्रबिन्दु महाकाली नदी र गाेरी नदीकाे संगम स्थल दाेभानमा अवस्थित अति रमणीय स्थान जाैलजिबी (भारत) मा अस्काेटी राजाले याे मेलाकाे सुरुवात गरेका हुन् । मेलाकाे लागि चाहिने आवश्यक सरसामानकाे लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन्  । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बाेलाएकादथिए । मेलामा नेपाल र तिब्बतीहरूकाे उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरकाे मेला हुन पुग्याे । याे मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्याे । सन १९६२ मा भारत र चीन बीच युद्धभएपछि मेलामा तिब्बतीहरूकाे उपस्थिती बन्द भयाे । तीस वर्षपछि भारत-चीन व्यापार प्रारंभ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूकाे पसल लगाउन थालेका हुन् ।
अत: जाैलजिबी मेला दार्चुलाबासीहरूकाे लागि एक महत्त्वपूर्ण चाड मेलाकाे रुपमा रहेकाे छ ।  मेलामा चर्खा, सर्कस, कलाकारहरुकाे सानदार प्रस्तुती हु्न्छ । यस मेलामा भाँडाकुँडा , कपडा, गान्धी आश्रमकाे सिरक, गद्दा, दन (गलैजा), मिठाईका परिकारहरू आदि सबै सुलभ र सुपथ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नाै वटै स्थानीय तहबाट हजाराैंकाे संख्यामा मेला भर्न जाने गर्दछन् । दार्चुला बाहेक नेपालका अन्य जिल्लाहरूबाट पनि मेलाकाे अवलाेकनगर्न मानिसहरू सहभागी हुने गर्दछन् । नेपालमा नेशनल पसलहरू, हाेटलहरू आदि मुख्य आकर्षणकाे रुपमा रहेका छन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जाैलजिबी मेलामा बिक्रीवितरण  पनि गरिन्छन् । नेपालकाे जुम्लाबाट आयातित घाेडाहरू पनि मेलाकाे विशेष आकर्षणकाे रुपमा रहेका हुन्छन् ।
               २०४५ साल मंसिर -३ गते म पनि मेला हेर्न भनेर केही नगद र एक किलाे जति घिउ लगेर गए । दिनभरी मेलामा रमाइयाे, चर्खा खेलियाे, सर्कस हेरियाे, बाल मिठाई पनि खाइयाे । हुन त मलाई घरमा सब थाेक पुगेकाे थियाे । म घरकाे लाड प्यारले हुर्केकाे छाेराे थिए । एस.एल.सी. दिएर नतिजाकाे पर्खाइमा पनि थिएँ । एक्कासी मेराे दिमागकाे केन्द्रीय भाग (Central Nervous System-CNS) ले मलाई भारत जम्मु कस्मिरतिर घुम्न निर्देशित गर्याे र म साँझ ५ बजेतिर धारचूला पिथाैरागढ डाँकगाडीमा पिथाैरागढकाे लागि प्रस्थान भए । जाेसमा हाेस गुमाउँदा के हुन्छ हाेला ? सहजै अनुमान लगाउन सक्नुहुन्छ । हाेस गुमाउँदा मैले घरपरिवार, आमा बुवा, छरछिमेक, आफन्त सबै बिर्सिएर उक्त डाँक गाडी (चिठ्ठी पत्र बाेक्ने गाडी) मा सुईकुच्चा ठाेके । घर परिवार बिर्सिए । म साच्चिकै बर्मा गएँ। त्यति बेला हाम्राे यता तिर विदेशिनुलाई बर्मा  जानू भन्ने गर्दथे । अपरान्ह ८:०० बजेतिर म पिथाैरागढ सिल्थाम चाैराह पुगेर बसबाट ओर्लिए । बसबाट ओर्लिएर सिल्थाम नजिकैकाे एक सामान्य हाेटलमा बास बस्न पुगे । भाेलीपल्ट बिहान सबेर‌ै ४:०० बजे उठेर हातमुख धाेई काँधमा झाेला भिरेर साँच्चिकैकाे लाहुरे बनी काेठाबाट निस्कें । बस पार्क पत्ता लगाएँ । बसपार्क चाँहि सिमलगैर भन्ने ठाउँमा रहेछ र म सिमलगैरतिर बसपार्क खाेज्दै अाफ्नाे बाटाे लागे । बल्लतल्ल बसपार्क भेटाए । बसपार्क पुग्ने बित्तिकै टनकपुर बरेली… टनकपुर बरेली… भन्ने चर्काे आवाज सुनियाे र म पनि उतै तिर लागे । टिकट काउण्टरमा गएर बरेलीकाे टिकट लिएर करिब ५:०० बजे तिर बरेलीकाे लागि रमाना भए । त्याे बेलाकाे बसकाे यात्रा सम्झदा अहिले पनि मलाई बसमा म कहिल्यै पनि यात्रा नगरुँला जस्ताे लाग्छ हजुर सत्य बाेल्नु पर्दा । जीवनमा बसमा थाेरैमात्र यात्रा गरेकाे मान्छे ती पहाडका नागबेली आकारका सडकका घुम्ती माेडहरूमा बसकाे गति संगै मेराे शरीरकाे गतिकाे तालमेल मिलाउन नसक्दा मेराे आन्द्रा नै बाहिर आउला जस्ताे भएकाे थियाे । येनकेन जीवनलाई दाउमा  राखेरै भए पनि पिथाैरागढ, घाँट, चम्पावत, डिडीहाट, लाेहाघाट, टनकपुर, बनबासा, खटिमा हुँदै बरेली पुगियाे ।
             बरेलीमा एक जना नेपालका मित्र सँग भेट भयाे । परिचय गरियाे, रात भरि संगै बरेलीकाे खुला आकाश मुनि कठ्याङ्ग्रिने जाडाेमा रात बितायाैं । भाेलीपल्ट बिहानै दिल्ली जाने कुरा तय भयाे । मैले भेटेका खेम राज भट्ट नाम बताउने नेपाली साथी दिल्लीमा गाडीका पार्टपुर्जा बेच्ने काम गर्छु भन्नू हुन्थ्याे कुन्नी  ! बिहान ६:०० बजे तिर तिनकाे कम्पनीकाे गाडी आयाे र वहाँ कम्पनीकाे गाडीमा दिल्ली प्रस्थान भए । हामी एक अर्काबाट छुट्टियाैं । अब पर्याे फसाद ! म पनि बिहान ६:०० बजे देखि लगातर ११ नम्बर गाडीमा पैदल यात्री बनें । हाईवे राेड (राजमार्ग) लाई नछाेडिकन कहिं कतै नराेकिएर खाना पानी बिना पागल जस्तै हिडिरहें ! मनमा हुन्शिखर देवताकाे नाम लिदै । हुनशिकर स्वामीलाई काेटी काेटी नमन गर्दछु । ११ नम्बर गाडीकाे लगातारकाे यात्रा पछि साँझ ६:०० बजे तिर रामपुर भन्ने ठाउँमा पुगेछु । १२ घण्टाकाे पैदल यात्राबाट लखतरान भएकाे म साहसी पागल छाना र मानाकाे खाेजीमा हिंडे । पढ्दै जानुस रहस्यमय छ । मेला हेर्न गएकाे मान्छे गाेजीमा भएकाे पैंसा मेलामा रमाउँदै र अहिलेकाे गन्तव्य (रामपुर) सम्म पुग्दा गाेजी रित्तिन लागेकाे अवस्था…। सबै कुराकाे पाेल खाेलिदिएमा मलाई मनमा कुरा राख्न नसक्ने साहसी  पागलकाे संज्ञा दिनुहुन्छ भन्ने संकाेचले याे कुरालाई यहीं बिट मारे । के भयाे, कस्ताे भयाे हाेला भन्ने जिज्ञासामा यस पछिकाे लेखमा स्पष्ट पार्ने प्रयास गर्ने नै छु ।
             मेला जाँदा इजा (आमा) ले मलाई मिठाई ल्याउनु भनेर १ किलाे घिउकाे डिब्बा दिनुभएकाे थियाे । झाेलाबाट  घिउ निकालेर बेचेर खर्चकाे जाेहाे गर्ने विचार आयाे मनमा । म १६ बर्षे ठिटाे काँधमा झाेला र हातमा घिउ बाेकेर रामपुरका विभिन्न पसलहरु चहारी रहे । यति लामाे यात्रामा म लखतरान भए जस्तै घिउ पनि घायल भैसक्याे हाेला भन्ने कुरा बिर्सेछु । घिउले दिनु पर्ने स्वाद, गन्ध, स्वरुप, रंग आदि डिब्बाकाे ढक्कन (बिर्काे) खाेली हेर्दा त म छाँगाबाट खसेझैं भए । रामपुरकाे बैंक कालाेनी  सिविटाकेजमा  एक जना भद्र व्यक्तिसंग मुलाकात (भेट) हुन पुग्याे । धन्य हाे ईष्टदेव हुन्शिखर साच्चीकै त्याे भद्र मान्छेकाे घट (मन) मा बसेछ । फेरि पनि  हुन्शिखरलाई काेटी काेटी  नमन गर्दछु ।
        रामपुरमा त्याे भद्र व्यक्तिसँगकाे बसाई तथा मिलन र  विछाेडका कुराहरु पाठकलाई जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने उक्ति  जस्तै मेराे पनि एउटै लक्ष्य जम्मु कस्मिर जाने थियाे । ३/४ दिनकाे रामपुरकाे बसाइ पछि रेल (ट्रेन) बाट म फेरि जम्मु कस्मिरकाे लागि रमाना भएँ । बालकृष्ण समले भने जस्तै हे ईश्वर दु:खीकाे घरमा तिम्राे बास हुने भए मलाई अझ दु:ख दे ! बरेलीकाे आकाश मुनिकाे कठ्याङ्ग्रिने रातलाई ओझेल पार्दै मंसिर महिनाकाे मध्य तिर जम्मु कस्मिरकाे खुला आकाश मुनि सिरसिरे बतास संगै थरथर काप्ने कठ्याङ्ग्रिने जाडाेमा रेलवे स्टेशनमा बास बस्न पुगे । जम्मु कस्मिर रेलवे स्टेशनकाे रातकाे खुला आकाश मुनिकाे बसाइ सम्झदा अहिले पनि आङ सिरिङ्ग भएर आउँदछ । मंसिर महिनाकाे लगभग मध्यतिरकाे समय थियाे । स्टेशनमा म दिउँसाे करिब ४:०० बजेतिर नै पुगि सकेकाे थिएँ । रेलवे स्टेसन मानिसहरुकाे भीडले खचाखच भरिएकाे थियाे । त्यति बेला पनि सिरसिरे बतास त चलि नै रहेकाे थियाे । फेरि याे मेराे बेहाेसी मष्तिष्कले साेहि ठाउँमा विश्राम गर्न निर्देशित गर्याे र म त्यहीं कठ्याङ्रग्रिने जाडाेमा बास बस्न पुगें । रातकाे १०:०० बजि सक्दा त उक्त ठाउँमा शून्यता छायाे । ड्युटि गर्ने २/४ पुलिस र राडी कम्बल सहितका २/४ जना सेनाका लाहुरे बाहेक काेहि थिएनन् । जाडाेले गर्दा म त घरि यता घरि उता गर्न थालें । सुरुमा त पुलिसहरुले मलाई गालि गर्दै केरकार नगरेकाे भने हाेईन । मैले सबै कुरा पहाडी मिश्रित हिन्दीमा बृत्तान्त बताए पछि पुलिसकाे हवालबाट बचें । बिचरा ती पुलिस दाइहरुले रातभर आफ्नाे काेठामा लगेर आगाे तापेकाे कुरा अहिले पनि झल्झल्ति सम्झन्छुद। हे भगवान… जम्मु कश्मिर यात्रा सकेर पहाड दार्चुला फर्केर मैले जीवनमा यस्ताे गल्ती कहिल्यै पनि नगर्ने प्रण गर्दै आफ्नाे पढाइलाई निरन्तरता दिएर आफ्नाे कर्म र भाग्यले गर्दा हातमुख जाेडी रहेकाे कुरा  जानकारी गराए ।
बाँकि संस्मरण … क्रमश : …
मान सिंह धामी (भाैनबाटी)
 मालिकार्जुन गाउँपालिका हुनैनाथ -४ गाेठ्युडी 
 दार्चुला । 
Leave A Reply

Your email address will not be published.