धनगढी ।नेत्रहीन युवा संघ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता एवम् प्रतिनिधित्वको अधिकार सम्बन्धी सरकारलाई ध्यानाकर्षण गराएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै युवा संघले राज्यले अधिकार दिए पनि अधिकारबाट बञ्चित भएका अपाङ्गता भएको व्यक्तिको अधिकारप्रति सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्द सूचीमा उम्मेदवारको रूपमा सूचीकृत गरेको भए पनि संस्थागत एवं अवधारणागत अवरोधका कारण राजनीतिक दलहरू अपाङ्गता भएका व्यक्तिको समुदायका उमेदवारलाई प्रतिनिधि सभा एवं प्रदेश सभाको सांसदको रुपमा छनोट गर्न अकमकाउदै आएको संघको भनाई रहेकाे छ । संघीय, प्रादेशिक एवं स्थानीय तहको व्यवस्थापिका संसद् एवं सरकारमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नगन्य रहेको नेत्रहीन युवा संघ नेपालका केन्द्रिय महासचिवअर्जुन रावलले बताउनु भयाे ।
उहाँले नेपालको संविधानको धारा ८४ र १७६ मार्फत अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गर्ने तर संसद् सदस्य चयन नगर्ने राजनीतिक दलको अभ्यास तत्काल अन्त्य गर्न माग गर्नुभएकाे छ ।
सम्मेलनमार्फत युवा संघले संवैधानिक व्यवस्थाका बावजुत पनि मतदाता नामावली दर्ता सम्बन्धी व्यवस्था, मतदाता शिक्षा, मतदान केन्द्र र मतदान गर्ने प्रक्रिया पहुँचयुक्त नहुनु लगायतका कारणले अपाङ्गता भएका व्यक्तिहरूले पूर्ण प्रभावकारी एवं स्वतन्त्र ढङ्गले निर्वाचन प्रक्रियामा सहभागिता हुन नसकेको जनाएको छ ।
I am extremely inspired together with your writing talents and also with the layout for your blog. Is this a paid subject or did you modify it yourself? Either way stay up the nice quality writing, it is uncommon to look a great weblog like this one today!