केएमसीमा कानून संकायका विद्यार्थी र न्यायधिसबिच कानूनी अन्तर संवाद कार्यक्रम आयोजना

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा विद्याार्थी र न्यायधिसबिच कानूनी अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल कानून व्यवसायी परिषद् सुदुरपश्चिम प्रदेशको संयोजन र कानून संकायको आयोजनामा केएमसीमा कानून विषय अध्ययनरत विद्याथीहरु तथा सर्वोच्च अदालतका पुर्व न्यायधिस अनिल कुमार सिन्हा र अधिवक्ता सरोज घमिरेको अतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वोल्दै सर्वोच्च अदालतका पुर्व न्यायधिस सिन्हाले विभिन्न कारणले कानून विषय अध्ययन गर्न नसकिरहेका सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज पहुँच पु¥याउन आफुहरु प्रयास गरिरहेको बताउनुभयो । न्यायालयबाट प्रदान हुने सेवालाई छरितो बनाउन र सहज प्रणाली विकास गर्न आर्थिक स्रोत साधन र सिपयुक्त जनशक्तिको अभाव रहेको पनि उहाँले जानकारी दिनुभयो ।

“ अनलाईनका माध्यमबाट सर्वोच्च लगायत सबै तहका अदालत सम्पर्कमा बस्न जरुरी छ, अहिले त्यो विकसित भएर सबै ठाउँमा ईजलास बसे नबसेकोबारे थाहा हुन्छ, र अनलाईन वहसको लागि व्यवस्था गरि परिक्षण पनि गरिसक्यौँ, तर स्रोत साधनको अभावले त्यो पुरा हुन सकेको छैन” उहाँले भन्नुभयो । केहि मानिसका कारण न्याय क्षेत्रमा हुने वेथिति सतहमा देखिए पनि सबै न्यायधिस र न्यायलयप्रति एकै दृष्टिकोण राख्न नहुने उहाँको भनाई छ ।

त्यसैगरी, अधिवक्ता तथा प्राध्यापक सरोज घिमिरेले “कानूनी अज्ञानता क्षम्य हुँदैन” भन्ने कुरा सबैलाई बुझाउन कानूनी शिक्षा र साक्षरताको महत्व रहेको बताउनुभयो । कानून पढ्ने विद्यार्थीहरुको व्यक्तित्व अरुभन्दा फरक हुनुपर्ने भन्दै सँधै अद्वितीय रहन विद्यार्थीहरुलाई प्रेरित गर्नुभयो । उक्त अन्तरसंवाद कार्यक्रमा कानून संकायका विभागीय प्रमुख पदम बहादुर पाल सहित प्राध्यपक र विद्यार्थीहरुको उपस्थीति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.