धनगढी । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएक छ । मन्त्रिपरिषद् बैठकले प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालयसमेत रहने निर्णय गरेको हो ।
साथै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्नुभएको थियो । पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले आफूले मन्त्रिपरिषद्मा सिफारिश गरेको मन्त्री न्यौपानेले जानकारी दिनुभयो । स्रोत: उज्यालो अन्लाईन